Logo
९ श्रावण २०८१, बुधबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसएसबीको सहयोगमा नेपाल प्रहरीद्वारा २ नेपाली युवतीको उद्धार

काठमाडौं :  नेपाल प्रहरीले भारतीय सीमा सशस्त्र बल ५९ औं बटालियनको सहयोगमा २ युवतीको उद्धार गरेको छ।

किशोरीहरुलाई भारत हुँदै खाडी देश ओमान लैजान बर्दियाको जंगलीबाटो प्रयोग गरिरहेका मानवतस्करलाई एसएसबीको कम्पनी पोस्ट निशानगाढाबाट खटिएको टोलीले पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको हो। प्रहरीले रसुवा यार्चा गाउँपालिका-१ बस्ने २४ वर्षीय कामी थोक्रा, सुर्खेत गुर्भाकोट नगरपालिका-१२ बस्ने ४६ वर्षीय वकिलबहादुर मल्ल र दाङ तुल्सीपुर उपमहानगरपलिका-५ बस्ने ४५ वर्षीया मैमीकुमारी सार्कीलाई पक्राउ गरेको छ।

मानवतस्करले रसुवा यार्चाकै २० वर्षीया र १८ वर्षीया किशोरीलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको सूचना ईलाका प्रहरी कार्यालय मैनापोखरी, बर्दिया पाएपछि एसएसबीको सहयोगमा उनीहरुको उद्दार भएको हो।

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्