Logo
१६ बैशाख २०८१, आईतबार
(March 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानिराखौँ : फाइदा मात्र हैन बेफाइदा पनि छन् कागती पानीमा

बिहानै उठेर खाली पेटमा कागती पानी पिउनुका अनेकौ फाइदा छन् । विषेश गरी मोटोपना घटाउनका निम्ति खाली पेटमा कागती पानी पिउने गरेको पाइन्छ ।

चाहे गर्मीको समयमा होस् वा जाडोको, खाना खाँदा होस चाहे चट्पटे खाँद होस् हामीलाई कागती त चाहिन्छ नै । अझ बढी गर्मी मौसमा कागती पानी बनाएर पिउनुको मज्जा नै बेग्लै हुन्छ । तर कागती पानी खानुका फाइदासँगै बेफाइदा पनि छन् । यदि तपाईँ दिनदिनै कागनी पानी पिउनु हुन्छ भने सचेत रहन जरुरी हुन्छ ।

कागती पनी पिउँदा ध्यान दिनु पर्ने कुरा : 
१। दाँतमा समस्या छ भने कागती पानी पिउनाले दाँतलाई असार गने गरेको पाइएको छ ।

२। एसिडटी, हार्ट बर्न, रिफ्लक्स जस्ता समस्या भएका व्यक्तिहरुले कागती पानी पिउनु हुँदैन ।

३। धेरै मात्रामा कागती पानी पिउँदा धेरै पटक पिसाब आउँछ । बारम्बार शरीरबाट पिसाब जाँदा पनि डिहाइड्रेशनको समस्या हुन सक्छ ।

४। धेरै कागती पानीले एसिडिटी त बढाउँछ नै पेटका अन्य अंगहरुमा हानी पनि पुर्याउन मद्दत गर्छ । जसले पाचन प्रणाली समेत खराब गर्न सक्छ ।

५। कागती पानीमा अक्सलेट्स पाइने भएका कारण यसले मृगौला र कलेजोलाई पनि प्रभाव पार्न सक्छ ।

६। धेरै तातो पानी र कागती पिउँदा त्यति धेरै फाइदा नहुने गरेको पाइन्छ । तर मनतातो पानी र कागती पिउँदा धरै फाइदा लिन सकिने जानकारहरु बताउँछन् ।

प्रकाशित मिति: Mar 3, 2019

प्रतिक्रिया दिनुहोस्