Logo
२ श्रावण २०८१, बुधबार
(March 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रद्धाञ्जलीका लागि नेता अधिकारीको पार्थिव शरीर नेकपाको पार्टी कार्यालयमा राखिने 

काठमाडाैं : स्वर्गीय नेता भारतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ९-१२ बजेसम्म राखिने भएको छ ।

उनको पार्थिव शरीरलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णयका लागि आइतबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आकस्मिक बैठक बोलाइएको छ ।

शनिबारै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरु वामदेव गौतम, ईश्वर पोखरे, विष्णु पौडेल, मन्त्रीहरुलगायत अस्पताल पुगेर परिवारका सदस्यहरुलाई समवेदना दिएका थिए ।

यो पनि पढ्नुहोस :

http://45.77.46.207/2019/03/80391/

प्रकाशित मिति: Mar 2, 2019

प्रतिक्रिया दिनुहोस्