Logo
५ जेष्ठ २०८१, शनिबार
(March 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भाईरल बन्यो रविन्द्र अधिकारीको सम्झनामा गाइएको यो शोक गीत (भिडियो)

काठमाण्डौ : दिँबगत पर्यटनमन्त्री रविन्द्र अधिकारीको सम्झनामा एक कलाकारले मनछुने शोकगीत गाएका छन् । गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको बारेमा तथा उनको राजनीति जीवनका योगदानको चर्चा गर्दै गाएको शोकगीतले धेरैको मन छोएको छ ।

सत्य भनेको मृत्यु जतिसुकै भयावह भए पनि स्वीकार गर्नैपर्छ । तर मन्त्री अधिकारीको निधन असामयिक र अकल्पनीयमात्र होइन, सबैका लागि अस्वीकार्य बन्यो । देशले आशा र भरोसा गरेको नेता गुमाएको भन्दै धेरैले मन थाम्न नसकेको अवस्थामा भर्खरै सार्वजनीक गी गीतले झनै भावबिह्ल बनाएको छ ।

सारगीँ रेटेर गायीएको गीतमा अधिकारीले विद्यार्थी राजनीतिदेखी मन्त्री बन्दासम्मको अवधीमा गरेका योगदानको चर्चा गरिएको छ । यस्तै राजनीतिक जीवनका आरोह अवरोह पल्टाउँदै गायीएको गीतमा लोक कलाकार पीएन साईलाले स्वर दिएका छन् । गायक आफैले सारगीँ बजाएका छन् । गीत सामाजीक संञ्जाल युवटुवमा हेर्न सकिन्छ ।

हेर्नुस् भिडियो : 

प्रतिक्रिया दिनुहोस्