Logo
५ श्रावण २०८१, शनिबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र विकास बोर्डको अधक्ष्यको प्रतिष्पर्धामा उत्रिन सुचित्रा श्रेष्ठ

काठमाडौँ : नेपाली चलचित्र क्षेत्रमा पहिलो महिला निर्देशकको परिचय बनाइसकेकी चलचित्र निर्देशक तथा निर्देशक समाजको पहिलो महिला अध्यक्ष सुचित्रा श्रेष्ठले चलचित्र विकास बोर्डको अध्यक्षको लागि उम्मेदवारी दर्ता गराएकी छिन् ।

२०५८ सालमा चलचित्र ‘प्रेमयुद्ध’ बाट निर्देशनमा लागेकी सुचित्राले यस अगाडि नेपाल टेलिभिजनबाट प्रसारित सिरियल ‘अकल्पित र स्मृति’को मुख्य सहायक निर्देशकको भूमिका निभाएकी थिइन् ।

उनले ‘सहारा’, ‘समर्पण’ र ‘भाइटीका’को निर्देशन र लेखन गरेकी छन् । योङ एसिया टेलिभिजनले बनाएको दर्जनौं वृत्तचित्र निर्देशन गरेकी सुचित्रा पत्रकारितामा समेत लामो समयदेखि आबद्ध छिन् ।

आफूसँग भएको दक्षता तथा अनुभवलार्इ लिएर आगामी दिनमा चलचित्र क्षेत्रमा आफ्नो जीवन समर्पित गर्ने सोच लिएकी सुचित्राले यदि सरकारले निष्पक्ष रुपमा नियुक्त गरेमा आफु चलचित्र विकास बोर्ड सम्हाल्न तयार रहेको बताइन् ।

पार्टीगत तथा व्यक्तिगत स्वार्थ माथि उठेर सरकारले निर्णय गरेमा आफू अधक्ष्य बन्ने पक्का रहेको समेत उनी बताउँछिन् । चलचित्र क्षेत्रमा भएको विकृतिलाइ चिर्दै विकास बोर्डलाई सुदृढीकरण गर्न आफू सक्षम रहेको समेत उनको दाबी छ ।

केही समयअघि निकिता पौडेलले कार्यकाल सकिन १० महिना अगाडि नै राजीनामा दिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुन उम्मेदवारी दर्ता दिने प्रक्रिया अगाडि बढेको छ ।

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्