Logo
११ श्रावण २०८१, शुक्रबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रामघाटमा मन्त्री अधिकारीको दाहसंस्कार, जेठो छोरोले दिए दागबत्ति, ७ दिनमै सकिने काजकिरिया

प्रदेश १ स्थित ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको दाह संस्कार गरिएको छ।

मन्त्री अधिकारीको रामघाटमा दाह संस्कार गरिएको हो। मन्त्री अधिकारीलाई जेठो छोरा विराज अधिकारीले दागबत्ती दिएका हुन।मन्त्रीको अन्तिम संस्कार राजकीय सम्‍मानका साथ गरिएको थियो। मन्त्री अधिकारीको शवयात्रा झण्डै ३ किलो मिटर नयाबजार, महेन्द्रपुल,हस्पिटल चोक हुँदै रामघाट पुर्‍याइएको थियो।

उनको शव यात्रामा सर्वसाधारणदेखि नेता कार्यकर्ता, शुभेच्छुकहरु लामबद्ध रुपमा शव यात्रामा सहभागी भएका थिए भने नेपालको राष्ट्रिय झण्डा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्‍यमन्त्री पृथ्वीसुब्बा गुरुङले थार्थिव शरीरमा ओढाएर सम्‍मान व्‍यक्त गरेका थिए।

७ दिनमै सकिने काजकिरिया

मन्त्री अधिकारीको काजकिरिया ७ दिनमा सक्ने पारिवारिक स्रोतले जानकारी दिएको छ। पोखरास्थित मालेपाटनको जनप्रिय टोलस्थित निवासमा मन्त्री अधिकारीको काजकिरिया गरिने उनका साथी धनराज आचार्यले जानकारी दिएका छन्।

श्रद्धाञ्‍जलि सभामा बोल्‍दै मन्त्री अधिकारीका बाल्‍यकालका समेत साथी रहेका आचार्यले अधिकारीको काजकिरिया ७ दिनमा सक्ने बताएका थिए।

उनले भने, ‘मन्त्री अधिकारीकी धर्मपत्नी विद्या, बुबा आमा, दुई भाइसँग सल्लाह गरेर काजकिरिया ७ दिन गर्ने निर्णय गरिएको हो।’आचार्यका अनुसार मन्त्री अधिकारीको काजकिरिया फागुन २१ गते सम्पन्‍न हुनेछ।

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्