Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हजारौंको भिडवीच पाकिस्तानले भारतीय लडाकु विमानका पाइलटलाई फिर्ता गर्दै (भिडियो)

पाकिस्तानले आफ्नो कब्जामा लिएको भारतीय लडाकु बिमानका पाइलटलाई फिर्ता गरिरहेको छ । भारतले आफ्ना वायुसेनाका विमानचालक अभिनन्दन वर्तमानलाई मुक्त गर्ने र स्वदेश फिर्ता पठाउने घोषणाको स्वागत गरेको छ ।

अभिनन्दन वर्तमानलाई पाकिस्तानले फिर्ता गरिरहँदा दुई देशको सिमाको वरपर हजारौंको संख्यामा भिड देखिएको छ । भारतीय र पाकिस्तानी दुवै देशका नागरिकहरुको उतिकै मात्रमा भिड देखिएको छ ।

भारतीय सेनाका अधिकारीहरूले उक्त कदमबाट आफूहरू ‘निकै हर्षित’ भएको बताएका छन् । उनलाई शुक्रवार अपराह्ण दुवै देशका पन्जाब राज्यको वाघा-अटारी सीमामा भारतलाई हस्तान्तरण गरिदै छ ।

तर पाकिस्तानका गतिविधिहरूप्रति आफू सतर्क रहेको भारतीय सेनाले जनाएको छ । कश्मीर क्षेत्रमा तनाव बढेसँगै अहिले नियन्त्रणरेखाका दुवैपट्टि दशौँ हजार सैनिकहरू तैनाथ छन् ।

भिडियो :

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्