Logo
३ जेष्ठ २०८१, बिहीबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपतिनाथमा आउने दर्शनार्थीका लागि माछापुच्छ्रे बैंकद्वारा थप सुविधा

काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता-चप्पल कक्ष एवं सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरीे पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्माले उक्त कक्षको साँचो कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरे ।

बैंकले पशुपति मन्दिरमा आउने तिर्थालुजनहरुको सुविधाको लागि जुत्ता-चप्पल लकर कक्ष र सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरेको हो । उक्त कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुजनहरुले आफ्नो जुत्ता-चप्पल लकर कक्षमा सुरक्षित रुपमा राख्न सक्नेछन् । साथै, सोही परिसरमा दर्शनार्थीहरुको बस्न मिल्ने व्यवस्था लागि बेन्चहरु समेत राखिएको बैंकले जनाएको छ ।

यसका साथै, पशुपति परिसरमा २४औं घण्टा प्रयोग गर्न मिल्ने गरि ए.टी.एम. समेत जडान गरि सञ्चालनमा ल्याईसकेको बैंकले जानकारी दिएको छ । यस अघि बैंकले सोही परिसरमै मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकहरुले ल्याउने सर-समानको सुरक्षाका निम्ति लकर कक्ष निर्माण गरीे पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिसकेको छ ।

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्