Logo
१२ श्रावण २०८१, शनिबार
(March 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओसामा बिन लादेनको छोराको खोजीमा अमेरिका, सूचना दिनेलाई पुरस्कार

 अमेरिकी सेनाको कारबाहीमा केही वर्षअघि मारिएका आतंकवादी संगठन अलकायदाका नेता ओसामा बिन लादेनका छोरालाई अमेरिकाले खोजिरहेको पाइएको छ।

लादेनका छोराबारे सूचना दिनेलाई अमेरिकाले ११ करोड रुपैयाँ दिने घोषणा गरेपछि यस्तो खुलासा भएको हो। लादेनका छोरा हम्जा बिन लादेनबारे सूचना दिएबापत १ मिलियन अमेरिकी डलर खर्च गर्ने अमेरिकाको स्टेट डिपार्टमेन्टले जनाएको सीएनएनले जनाएको छ।

लादेन २०११ मा पाकिस्तानको एबोट्टावादमा मारिएका थिए। अलकायदाले लादेनको नेतृत्वमा आक्रमणकारी प्रयोग गरी सन् २००१ को सेप्टेम्बरमा अमेरिकामा विमान अपहरण गरी वर्ल्ड ट्रेड सेन्टरलगायतका महत्वपूर्ण भवनहरुमा आक्रमण गरेको थियो। सो क्रममा हजारौँको मृत्यु भएको थियो।

लादेनका छोराले आफ्नो बाबुको हत्याको बदला लिन इन्टरनेटमा अडियो र भिडियो राख्दै अमेरिका र पश्चिमा राष्ट्रविरुद्ध आक्रमण गर्न आह्वान गरेपछि अमेरिकाले खोजी सुरु गरेको जनाएको छ। हम्जा अहिले ३० देखि ३३ वर्षसम्मको रहेको अमेरिकी अनुमान छ।

प्रकाशित मिति: Mar 1, 2019

प्रतिक्रिया दिनुहोस्