Logo
१२ श्रावण २०८१, शनिबार
(February 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय शोक घोषणा : आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने

काठमाडौँ : आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक शुक्रबार दिनको ३ बजे बस्ने गरी स्थगन भएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले आज एक सूचनामार्फत आजको बैठक स्थगन भएको जानकारी दिए । बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत सात जनाको निधन भएकामा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले प्रतिनिधिसभाको बैठक बस्न नसक्ने उनले जानकारी दिए ।

सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक शुक्रबार दिनको ३ बजेका लागि तय गर्नुभएको महासचिव भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: Feb 28, 2019

प्रतिक्रिया दिनुहोस्