Logo
१२ श्रावण २०८१, शनिबार
(February 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपाको निर्णय : आधा झण्डा झुकाउने, ३ दिनसम्म शोक पुस्तिका र २३ गते श्रद्धाञ्जली कार्यक्रम

काठमाडौं : नेकपा सचिवालयको बैठकले हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका पर्यटनमन्त्री रविन्द्र अधिकारी सहितप्रति शोक प्रस्ताव पारित गर्दै हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

बिहीबार बसेको नेकपाको बैठकले उक्त निर्णय गरेको हो । पर्यटनमन्त्री अधिकारीको निधनको शोकमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

पार्टीका सबै कार्यालयमा आज आधा झण्डा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिनेछ भने २३ गते केन्द्रीय कार्यालयले श्रद्धाञ्जली कार्यक्रम समेत गर्नेछ ।

नेकपाले दुर्घटनामा मृत्यु भएकाहरुको परिवारको आर्थिक अवस्था हेरेर सहयोग गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: Feb 28, 2019

प्रतिक्रिया दिनुहोस्