Logo
१ जेष्ठ २०८१, मंगलबार
(February 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानी टिभि पत्रकारले यसरी उडाउदैछन् नेपालको खिल्ली (हेर्नुस् भिडियो)

यति बेला भारत र पाकिस्तान बीच युद्दको स्थिति छ । घोषित नभएपनि उनीहरु लगभग युद्दको स्थितिमा रहेका छन । युनिहरुको युद्द सेनामा र राजनीतिज्ञमा मात्र छैन मिडिया मिडिया बीच पनि चलिरहेको छ ।

सोही विषयलाई लिएर पाकिस्तानको एक टिभि च्यानलले नेपालको पनि खिल्ली उडाएको छ । त्यसै गरि अर्को सानो मुलुक बर्माको पनि खिल्ली उडाएको छ ।

पाकिस्तानको ‘न्यूज बिट’ च्यानलकी प्रस्तोताले भनेकी छिन्, ‘नरेन्द्र मोदीले भारतीय सेनालाई जहाँ हमला गर्न पनि खुल्ला छुट छ भनेका छन्, मोदीको यो कुरामा हामी हास्ने कि अपसोच गर्ने ? उनले अगाडी थपेकी छिन्, ‘त्यसैले यस्तो धम्कि नेपाल र बर्मा जस्तो कमजोर छिमेकिलाई दिनु, न त हामी नेपाल हो न त बर्मा ।’

भारतीय सेना पाकिस्तानी सेना भन्दा तिन गुणा शक्तिशाली भए पनि भारत जस्तै पाकिस्तान पनि परमाणु शक्ति राष्ट्र हो । पाकिस्तानसंग करिब १४० परमाणु बम रहेको दावी छ भने भारतसंग करिब १२० परमाणु बम रहेको छ ।

हेर्नुहोस् पाकिस्तानी एक न्युज च्यानलले भारतलाई जवाफ दिने बेला छिमेकी देश नेपाललाई खिल्ली उडाएको भिडियो :

प्रतिक्रिया दिनुहोस्