Logo
१२ श्रावण २०८१, शनिबार
(February 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अपडेट : सातै जनाको शव बोकेकाे सेनाको हेलिकप्टर सुकेटारबाट काठमाडौंका लागि उड्यो

ताप्लेजुङ : हेलिकोप्टर दुर्घटनामा हिजो निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहित सातै जनाको शव लिएर नेपाली सेनाको हेलिकप्टर काठमाडौंका लागि उडेको छ ।

खराब मौसमका कारण ताप्लेजुङ सदरमुकामस्थित सुकेटार विमानस्थलमा बिहानैदेखि उचित मौसमको पर्खाइमा रहेको सेनाको टोली काठमाडौंका लागि केही बेरअघि मात्रै प्रस्थान गरेको हो ।

बुधबार भएको दुर्घटनास्थलबाट बिहीबार बिहान मात्रै सबै शव ल्याएर बिहानैदेखि विमानस्थलमा राखिएको थियो । शव बाेकेकाे सेनाकाे हेलिकप्टर बिहीबार बिहानै काठमाडाैंका लागि उड्ने तयारीमा रहे पनि बाक्लाे हिमपातका कारण अहिले बल्ल काठमाडाैं प्रस्थान गरेकाे हाे ।

प्रकाशित मिति: Feb 28, 2019

प्रतिक्रिया दिनुहोस्