Logo
५ आश्विन २०८१, शनिबार
(February 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेडिकल पढाइलाई निरन्तरता दिँदै विश्व सुन्दरी छिल्लर

मुम्बई :  मानुषी छिल्लर २०१७ की मिस वल्र्ड बिजेता हुन् । एमएमबिएस बिद्यार्थी छिल्लर विश्व सुन्दरीको किताव जितेपछि रातारात बिश्व चर्चित सेलिब्रेटी बनिन् ।

उनले मिस वल्र्ड प्रतियोगितामा प्रस्तुत गरेको ‘ब्युटी विद ब्रेन’ शिर्षकको प्रस्तुति सबैका लागि आकर्षक बन्यो सोही कारण पनि उनी उपाधि नजिक पुगिन् । विश्व सुन्दरीको किताव जितेपछि छिल्लर बलिउड डेब्यु गर्ने चर्चा धेरैको थियो । तर उनी अहिले भने बलिउड अभिनय डेब्यु नगर्ने भएकी छन् । खबरका अनुसार उनले अहिले मेडिकल पढाई सुर गरेकी छन् ।

केही पहिले फराह खानको फिल्मबाट छिल्लर अभिनयमा डेब्यु गर्न लागेको समाचार आएको थियो । सो समय उनको धेरै फिल्मकर्मीसँग उठबस पनि थियो । तर अहिले फिल्म अभिनय भन्दा अध्यायन पुरा गर्नु आफ्नो लागि महत्वपुर्ण रहेको उनले बताएकी छन् ।

प्रकाशित मिति: Feb 28, 2019

प्रतिक्रिया दिनुहोस्