Logo
१२ श्रावण २०८१, शनिबार
(February 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निवासमा पुगेर मन्त्री अधिकारीका परिवारलाई भेटे प्रचण्ड : ‘शोकलाई सहनुको विकल्प छैन’

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेलिकोप्टर दुर्घटनामा दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको परिवारलाई भेटेका छन् ।बिहीबार बिहान ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रचण्डले अधिकारीकी श्रीमती, बुवा र आमालाई भेटेर समवेदना व्यक्त गरेका हुन् ।

नेकपा अध्यक्ष प्रचण्डले अधिकारी परिवारका सदस्यहरुलाई भेटेर शोकलाई सहनुको विकल्प नभएको बताएको भेटमा सहभागी अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष रश्मी आचार्यले जानकारी दिए ।

प्रचण्डले बिहीबार बिहान नै यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ र नेपाल सरकारका उपसचिव युवराज दाहालको परिवारजनलाई पनि भेटेर समवेदना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बुधबार सााझ नै मन्त्री अधिकारीका परिवारलाई भेटेका थिए ।

प्रकाशित मिति: Feb 28, 2019

प्रतिक्रिया दिनुहोस्