Logo
१२ श्रावण २०८१, शनिबार
(February 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस प्रवक्ता विश्‍वप्रकाशले भने, ‘मिलनसार मित्रको अकस्मात विदाइ’

काठमाडौँ : प्रदेश नम्बर १ स्थित ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति नेपाली कांग्रेका प्रवक्ता विश्वप्रकाश शर्माले दुःख व्यक्त गरेका छन् । उनले विज्ञप्तिमार्फत आफूले एउटा असल साथी गुमाएको बताउँदै विगत यसरी कोट्याएका छन्।

विज्ञप्त भनिएको छ, ‘रबिन्द्र अधिकारी कुनैबेला अनेरास्ववियूको अध्यक्ष छँदा म नेपाल विद्यार्थी संघको सभापती थिएँ । दरबार हत्याकाण्ड लगत्तै नेपालको विद्यार्थी आन्दोलनलाई सानातिना विमतिबाट माथि उठाएर लोकतन्त्रका सवालमा सम्पूर्ण एकताको निर्माणमा अर्को अनेरास्ववियूका अध्यक्ष मित्र राजेन्द्र राई र म सँगै रविन्द्रजिको सक्रिय भूमिका स्मरण गरिरहेको छु।’

राजनैतिक रूपमा मेरा आदरणीय साथी रविन्द्र व्‍यक्तिगत रूपमा एकै परिवारका सदस्यझैँ थिए । कल्पनासम्म गरेको थिइन यी मिलनसार मित्र रविन्द्रले यसरी अकस्मात विदाइ लिनेछन् भनेर। उहाँको निधनले मर्माहत छु, अत्यन्तै दुख लागेको छ ।

ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मित्र रविन्द्रसँगै जीवन गुमाएका सबैको आत्मा शान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गर्दछु ।

प्रकाशित मिति: Feb 27, 2019

प्रतिक्रिया दिनुहोस्