Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ हजार ७५५ उपसचिवलाई समायोजन पत्र दिइँदै, अहिलेसम्म ३८ हजार ८१७ कर्मचारीको समायोजन

काठमाडौँ : समायोजन रोजेका उपसचिवलाई सरकारले आज पत्र दिइदै छ । सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका एक हजार ७५५ उपसचिवलाई आज समायोजनको पत्र दिइन थालिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

उनका अनुसार सङ्घमा एक हजार ५१३, प्रदेशमा २३७ र स्थानीय तहमा पाँच रहेका छन् । ती कर्मचारीलाई मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले समायोजनको पत्र दिनेछन् । यसअघि मन्त्रालयले सचिव र सहसचिवलाई समायोजनको पत्र दिइसकेको छ । यसैगरी मन्त्रालयले अहिलेसम्म ३८ हजार ८१७ कर्मचारीलाई समायोजन गरेको छ ।

तीमध्ये सङ्घमा २८ हजार २५, प्रदेशमा चार हजार ८४६ र स्थानीय तहमा पाँच हजार ८३५ छन् । प्रवक्ता अधिकारीले प्राविधिकतर्फका शाखा अधिकृत र स्वास्थ्य सेवा समूहका बाहेक अरु सबैको समायोजन क्रमशः हुँदै गइरहेको बताए ।

यसैगरी चार हजार ७९३ शाखा अधिकृतको समायोजन गरिएको छ । तीमध्ये सङ्घमा तीन हजार ६४२, प्रदेशमा ५९३ र स्थानीय तहमा ५५८ रहेका छन् । समायोजन रोजेका शाखा अधिकृतलाई यही हप्ता समायोजनका पत्र दिइने प्रवक्ता अधिकारीले बताए ।

पत्र पाइसकेपछि कर्मचारी समायोजन रोजेको ठाउँमा जानुपर्ने उनले बताए । करिब ८७ कर्मचारीमध्ये ७७ हजारले समायोजन रोजेका थिए ।सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

प्रकाशित मिति: Feb 26, 2019

प्रतिक्रिया दिनुहोस्