Logo
१२ श्रावण २०८१, शनिबार
(February 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रपति भवनमा आधुनिक अनलाइन यूपीएस जडान, अब अनियमित विजुली नजाने

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले राष्ट्रपति निवास तथा कार्यालयमा अनलाइन यूपीएस सिस्टम जडान गर्न लागेको छ । त्यसकारण अब राष्ट्रपति भवन शितल निवासमा अनियमित रुपमा विजुली नजाने भएको छ । त्यसका लागि प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले बोलपत्र आह्वान गरेको छ ।

यो सिस्टम जडानपछि राष्ट्रपति कार्यालयमा लाइन नजाने वितरण केन्द्र प्रमुख सशीभुषण शाहले जानकारी दिए । उनका विभिन्न प्राविधिक कारणले अनुसार झ्याप्प (झ्याप्प लाइन जाने समस्याबाट राष्ट्रपनि भवन पनि पीडित भएकाले त्यसलाई हटाउन आधुनिक अनलाइन यूपीएस जोड्न लागिएको बताए ।

यसअघि राष्ट्रपति कार्यालयबाट पनि प्राधिकरणमा पटक(पटक छोटो समय लाइन जाने(आउने समस्याबारे सोधिएको थियो । प्राधिकरणले वितरणलाइन पुरानो भएका कारण यस्तो समस्या आउने गरेको बताउने गरेको छ । यसको सुधारका लागि प्राधिकरणले प्रयास पनि गपिररहेको छ । तर, वर्षायाममा पानी पर्दा र हिँदउको समयमा भने समान्य अवस्थामा पनि लाइन ट्रिप हुने समस्या दोहोरिरहेको छ ।

प्रकाशित मिति: Feb 26, 2019

प्रतिक्रिया दिनुहोस्