Logo
१२ श्रावण २०८१, शनिबार
(February 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्याजदर वृद्धि तत्काल समाधान गर्न महासंघको टोलीले गभर्नरलाई भेट्दै

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको टोलीले आज नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँग भेट गर्ने भएको छ । बैंकको ब्याजदरका विषयमा देखिएका समस्या अझै समाधान नभएको भन्दै सोमबार बसेको महासंघको बैठकले गभर्नर नेपाललाई भेटेर ब्याजदरको समस्या तत्काल समाधान गर्न आग्रह गर्ने निर्णय गरेको हो ।

महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले आजै गभर्नरको समय मिलाएर भेट्न जाने कार्यक्रम रहेको जानकारी दिए । ब्याजदरको समस्या तत्कालै समाधान नभए उद्योगी-व्यवसायीहरु समस्यामा पर्ने भन्दै यस विषयमा गभर्नर जानकारी गराइने उनले बताए ।

महासंघले ब्याजदरका विषयमा देखिएको समस्या कार्यदल बनाएर समाधान गर्ने समेत निर्णय गरेको छ । महासंघले आफ्नै कार्यदल बनाउने र उक्त कार्यदलले सिफारिस गरे अनुसारले काम गर्ने निर्णय गरेको हो । बैठकमा कार्यदलको संयोजकमा उपाध्यक्ष प्रधानलाई प्रस्तावसमेत गरिएको थियो ।

उपाध्यक्ष प्रधानको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाउने कार्यसमितिबाट प्रस्ताव आए पनि संयोजक भने नतोकिएको प्रधानले बताए । आफूलाई संयोजक बन्न प्रस्ताव आए पनि व्यक्तिगत कामका कारण समय दिन नसक्ने आफूले उनले बताए ।

‘कार्यदल बनाउने निर्णय भएको छ तर संयोजक तोकिएको छैन, बीचमा अमेरिका जानु पर्ने भएकाले मैले समय मिलाउन सक्दिनँ’, उपाध्यक्ष प्रधानले भने, ‘मैले अध्यक्षज्यूलाई आफैं नेतृत्व लिनुस् भनेर सुझाव दिएको छु ।’ ब्याजदरको विषयमा विशेष गरेर पूर्वका उद्योगी–व्यवसायीहरु आन्दोलित छन् ।

प्रदेश १ को विराटनगरका उद्योगी–व्यवसायीहरुले ब्याजदरको समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाईसमेत भेटेर आग्रह गरेका थिए ।

प्रकाशित मिति: Feb 26, 2019

प्रतिक्रिया दिनुहोस्