Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकारसँगको वार्ता निश्कर्षविहीन, बुधबारदेखि आकस्मिकबाहेकका सेवा बहिस्कार

काठमाडौ : आज (सोमबार) स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवसँग सरकारी चिकित्सक संघका प्रतिनिधिले गरेको वार्ता विना निश्कर्ष सकिएको छ । अध्यक्ष पाण्डेका अनुसार स्वास्थ्य राज्यमन्त्रीले सरकारी डाक्टर समस्यामा परेको र यो विषय समाधान गर्नुपर्ने पक्षमा भए पनि कुन प्रक्रियाबाट गर्ने भन्नेमा निर्णय दिन नसकेकाले वार्ता निश्कर्षमा नपुगेको हो ।

‘सरकारी चिकित्सकहरु समस्यामा परेका हुन् भनेर स्वीकार गर्नुहुन्छ, उनीहरुको वृत्ति विकासमा असर परेको पनि स्वीकार्नुहुन्छ, माग जायज छ भन्ने पनि स्वीकार गर्नुहुन्छ’ उनले भने ‘तर कुन प्रक्रियाबाट समाधान गर्ने भन्ने विषयमा निर्णय दिन सक्नुभएन ।’

राज्यमन्त्रीले थप गृहकार्य गरेर फेरि वार्तामा बस्ने बताएका छन् । ‘अर्को वार्ताको मिति तोकिएको छैन’ अध्यक्ष पाण्डेले बताए ।

त्यस्तै, सरकारी चिकित्सकको समायोजनको विषयमा माग पूरा नगरेको भन्दै सरकारी डाक्टरहरुले बुधबारदेखि आकस्मिकबाहेकका सबै सेवा बहिस्कार गर्ने घोषणा गरेका छन् । आफूहरुको माग पूरा नगरेको भन्दै उनीहरुले आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने बताएका हुन् ।

सरकारी चिकित्सक संघ (गोदान) ले आइतबार सरकारलाई ७२ घण्टे अल्टिमेटम दिँदै माग पूरा नभए आकस्मिकबाहेकका सेवा ठप्प पार्ने बताएका हुन् । संघका अध्यक्ष डा। दीपेन्द्र पाण्डेले बुधबार नै पर्ने स्वास्थ्य सेवा दिवसको कार्यक्रम पनि आफूहरुले बहिस्कार गर्ने बताए ।

‘हामीले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएका छौं, त्यतिबेलासम्म माग पूरा नभएमा बुधबार आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने र र त्यसै दिन पर्ने स्वास्थ्य सेवा दिवसको कार्यक्रम पनि बहिस्कार गर्छौं’ उनले भने ।

प्रकाशित मिति: Feb 25, 2019

प्रतिक्रिया दिनुहोस्