Logo
१२ श्रावण २०८१, शनिबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकै धनी र मुल्यवान खेलाडीको सूचीमा परे लेस्टर सिटीका फैक बोल्किह

एजेन्सी : विश्वमा सबैभन्दा धनी फुटबल खेलाडीको नाम लिने हो भने स्पेनिस क्लब बार्सिलोनामा कप्तान लियोनल मेस्सी, युभेन्टस्का स्टार क्रिस्टियानो रोनाल्डो र पीएसजीका स्टार नेमारको नाम अगाडी आउँछ । तर, युरोपियन टप लिग खेलिरहेका खेलाडी मध्ये सबैभन्दा धनी फुटबल खेलाडी माथि नाम लिईएका होइनन् ।

अहिले युरोपको टप लिग खेलिरहेका खेलाडीमध्ये धनी र मुल्यवान खेलाडीको सूचीमा लेस्टर सिटीका फैक बोल्किह रहेका छन् । लेस्टरका २० बर्षीय मिडफिल्डर फैक विश्वकै धनी फुटबलर हुन् । ब्रुनाईका सुल्तानका भतिजो समेत रहेका फैकको कमाई १५ बिलियन पाउन्ड रहेको छ । उनी अहिलेका चर्चित मिफिल्डर हुन् ।

जहाँ प्रिमियर लिगमा महंगा भनिएका एलेक्सिस सान्चेजको कमाई प्रतिहप्ता तीनलाख ५० हजार पाउन्ड र एरोन राम्सेको प्रतिहप्ता चार लाख पाउन्ड रहेको छ । रोनाल्डोको कमाई दुईसय मिलियन देखि दुईसय ५० मिलियन पाउन्डसम्म छ । फैक सन् २०१६ मा लेस्टर सिटीमा अनुबन्ध भएका थिए । लस एन्जलसमा जन्मिएका फैकले सन् २००९ देखि एएफसी न्युबरीबाट फुटबल खेल्न थालेका हुन् । जुनियर क्याम्पमा उनले २००९ देखि २०१३ सम्म चारबर्ष साउह्यामटनमा बिताए ।

त्यसपछि २०१३ मा उनी आर्सनल एकेडेमीमा पुगे । एकबर्ष आर्सनलमा बिताएका फैकको रुची चेल्सीमा गयो । २०१४ / २०१५ को सिजन चेल्सीको युथ टोलीमा बिताएका फैक सन् २०१६ देखि लेस्टरको सिनियर टोलीमा तीन बर्षका लागि अनुबन्ध भएका थिए । आफ्नो पोजिसनमा निकै मेहनत गर्ने फैक सामाजिक सञ्जालमा त्यति चर्चामा छैनन् । टिममा घुलमिल हुन र अभ्यासमा रम्न उनी बढी मन पराउँछन् । उनलाई नाइक कम्पनीले प्रायोजन समेत गरेको छ ।

उनी २०१६ देखि ब्रुनाई राष्ट्रिय टोलीका नियमित खेलाडी हुन् । सिनियर टोलीमा फैकले ६ खेल खेल्दै एक गोल गरेका छन् । उनले ब्रुनाईका लागि सन् २०१३ देखि २०१५ सम्म उमेर समूहमा यू-१९, यू-२१ र यू-२३ का सबै खेल खेलेका थिए । अन्य खेलाडीलाई जस्तो पैसा कमाउनकै लागि खेल्नुपर्ने र मैदानमा उत्तिकै मेहनत गर्नुपर्ने बाध्यता फैकलाई छैन । उनलाई काका प्रिन्स जेफ्री बोल्किहले बेन्टलेज, फरारिज, रोल्स रोयस जस्ता बहुमुल्य र आरामदायी कार तथा घडीको ब्यवस्था गरिदिन्छन् ।

प्रिन्स जेफ्रीले आफ्नो ५०औं जन्मदिन मनाउन चर्चित गायक माइकल ज्याक्सनलाई बोलाएर एकल कन्सर्टनै आयोजना गरेका थिए । पछिल्लो समय फैकसँग प्रिन्स जेफ्री झनै प्रभावित छन् । उनलाई धन र दौलतको कुनै कमी छैन । त्यसैले प्रिन्सको चाहना पनि भतिजले राम्रो खेलोस् भन्ने छ । फैकले पनि परिवारले आफुलाई राम्रो फुटबलर बनाउन धेरै सहयोग गरेको बताएका छन् । उनी भन्छन्–‘मलाई राम्रो खेलाडी बनाउन परिवारले सानैदेखि मलाई शारीरिक र मानसिक रुपमा तयार पार्नुभयो ।

प्रकाशित मिति: Feb 25, 2019

प्रतिक्रिया दिनुहोस्