Logo
१२ श्रावण २०८१, शनिबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रामा ३ सय सवारी साधन, ताप्लेजुङबाट काठमाडौँसम्मको यात्रा

विर्तामोड : फागुन १५ गतेदेखि ताप्लेजुङबाट सुरु हुने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रामा ३ सय भन्दा बढी सवारी साधन र पाँच सय भन्दा बढी यात्रु हुने राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनले बताएका छन्।

हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब दिने यात्राको मुख्य उद्देश्य रहेको उक्त पार्टीले जनाएको छ।

सोमबार झापाको विर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरेर लिङदेनले ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा पूजा अर्चना गरेर यात्राको थालनी गरिने बताए।

ताप्लेजुङबाट शुरु भएको यात्रा पाँचथर, इलाम हुँदै कञ्चनपुरसम्म पुग्ने र त्यहाँबाट फर्केर बुटवल, पाल्पा, स्याङ्जा, कास्की हुँदै काठमाडौँ पुगेर समापन हुने महामन्त्री लिङदेनले जानकारी दिए।

यात्राका क्रममा विभिन्न नदी तथा कुण्डका जल काठमाडौँमा आयोजना हुने कलशयात्रामा प्रयोग गरी पशुपतिनाथ मूर्तिमा अभिषेक गराइने, यात्राका क्रममा साना–ठूला १०० भन्दाबढी सभा हुने र सभालाई अध्यक्ष कमल थापाले सम्बोधन लिङदेनले बताए।

ताप्लेजुङबाट काठमाडौँसम्मको १५ दिने यात्राले दुई हजार आठ सय ७ किलोमिटर दूरी तय गर्ने बताइएको छ।

प्रकाशित मिति: Feb 25, 2019

प्रतिक्रिया दिनुहोस्