Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँचथर पावरको आईपिओ खुल्यो,एक हजार मै आवेदन गर्न पाइने

काठमाडौं : पाँचथर पावर कम्पनीले सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको छ । फागुन १३ गते सोमबारदेखि १७ करोड ५० लाख २५ हजार रूपैयाँ बराबरको आईपिओ निष्काशन गरेको हो । कम्पनीले स्थानीयले नकिनेको शेयर समेत १७ लाख ५० हजार २५० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो।

निष्काशित आईपिओमध्ये कर्मचारीहरूलाई ३५ हजार ५ कित्ता र सामुहिक लागानी कोषलाई ८७ हजार ५१२ कित्ता छुट्याएर बाँकी रहेको १६ लाख २७ हजार ७३३ कित्ता शेयरका लागि सर्वसाधारणहरूले आवेदन गर्न सक्नेछन् ।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट सी–आस्वाको प्रणली मार्फत आवदेन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

कम्पनीको शेयरमा छिटोमा फागुन १६ गते आवेदन गर्न सकिनेछ । त्यस अवधिमा पर्याप्त आवेदन नपरे चैत १२ गते सम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयरमा न्यूनतम १० कित्ता अर्थात प्रतिकित्ता १०० रुपैयाँका दरले एक हजार रूपैयाँदेखि अधिकतम ९ हजार ६२० कित्ताका लागि ९ लाख ६२ हजार रुपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था छ ।

प्रकाशित मिति: Feb 25, 2019

प्रतिक्रिया दिनुहोस्