Logo
७ जेष्ठ २०८१, सोमबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिनियर डिभिजन इन्जिनियर लालु गिरी अख्तियारको हिरासतमा

काठमाडौं : सडक निर्माणको क्रममा अनियमितता उजुरी अख्तियारमा परेपछि रुपन्देही पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजन इन्जिनियर लालु गिरीलाई अख्तियारले हिरासतमा लिएको छ ।

भ्रष्टाचार सम्बन्धी उजुरीमाथि छानबिनको क्रममा कैफियत देखिएकाले गिरीलाई एक सातादेखि हिरासतमा राखिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

गिरी भोजपुरमा प्रमुख जिल्ला इन्जिनियर रहँदा सडक निर्माणको क्रममा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो ।

प्रकाशित मिति: Feb 25, 2019

प्रतिक्रिया दिनुहोस्