Logo
८ जेष्ठ २०८१, मंगलबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक : संघमा ६१०, प्रदेशमा १९५ र स्थानीयमा ३२७

काठमाडौं : समायोजन प्रक्रिया अन्तरगत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक गरेको छ । त्यसमध्ये संघमा ६१०, प्रदेशमा १९५ र स्थानीय तहमा ३२७ जना समायोजन भएका छन् ।

लेखा अधिकृतहरुको समायोजनको काम फागुन ५ गते नै सकिए पनि सोमबार मात्र नामावली सार्वजनिक गरिएको हो । मन्त्रालयको वेबसाइटमा सोमबार बिहान राखिएको विवरणअनुसार १ हजार १३२ लेखा अधिकृतहरुको समायोजन गरिएको छ ।

महालेखा परीक्षकको कार्यालयले लेखा समूहका सबै कर्मचारीहरुलाई संघमै समायोजन गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको थियो ।

हेर्नुहोस् समायोजन सूची : 

प्रकाशित मिति: Feb 25, 2019

प्रतिक्रिया दिनुहोस्