Logo
८ जेष्ठ २०८१, मंगलबार
(February 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आठ जिल्लाका CDO को जिम्मेवारी हेरफेर 

काठमाडौं : गृह मन्त्रालयले शुक्रबार आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी हेरफेर गरेको छ।

जसअनुसार इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख रहेको सुशील वैद्यलाई कञ्चनपुरको कायममुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

भने रोतहटको कामु सिडिओमा गृहमन्त्रालयका किरण थापा, पाँचथरको सिडिओमा गृहमन्त्रालयमा कार्यरत उपसचिव मुरारी वस्ती तथा कञ्चनपुरका कामु सिडिओ शंकरबहादुर विष्टलाई दार्चुलाका सिडिओको जिम्मेवारी दिइएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक सिडिओका रुपमा कार्यरत सुरेशकुमार बझाङका सिडिओ भएका छन् ।

भक्तपुरका सहायक सिडिओ जयकुमार घिमिरे मुगुका सिडिओ, सिन्धुपाल्चोकका सहायक सिडिओ दुर्गा बन्जाडे जुम्लाका सिडिओ तथा इलाका प्रशासन कार्यालय साँखुमा कार्यरत मुकेश केसरीलाई डोल्पाको सिडिओ बनाइएको छ।

प्रकाशित मिति: Feb 25, 2019

प्रतिक्रिया दिनुहोस्