Logo
५ जेष्ठ २०८१, शनिबार
(February 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभरका २१३ प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैंयाको अस्पतालमा स्तरोन्तती (सूचीसहित)

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीसहित २१३ स्वास्थ्य संस्थालाई १५ शैंयाको अस्पतालमा स्तरोन्तति गर्ने नीतिगत निर्णय गरेको छ ।

देशभरका अहिलेसम्म १०९ स्थानीय तहमा अस्पताल छन् भने ६४० स्थानमा अस्पताल निर्माण गर्नुपर्ने देखिएको छ । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. विकास देवकोटाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी पाँच वर्षभित्र सबै स्थानीय तहमा न्यूनतम १५ शैंयाको अस्पताल निर्माण गर्ने कार्यक्रम अनुसार पहिलो आधार वर्षमा २१३ स्वास्थ्य संस्थालाई स्तरोन्तति गर्ने नीतिगत निर्णय भएको जानकारी दिएका छन् ।

उक्त कार्यका लागि नेपाल सरकार र स्थानीय तहको संयुक्त लागत रहने जनाइएको छ । त्यसको सफल कार्यान्वयनका लागि विभिन्न मन्त्रालयहरुसँगको राय परामर्शपछि कार्यविधि तयार गरी मन्त्रीपरिषद्मा स्वीकृत लागि पठाइने छ ।

उक्त व्यवस्थालाई कार्यान्वयन गर्नका लागि प्रदेश तथा स्थानीय तहले आ–आफ्नो क्षेत्रअधिकार भित्रका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई १५ र २५ शैंयामा स्तरोन्नतिको प्रक्रिया अघि बढाई दिन भन्दै स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका थिए ।

महाशाखाका अनुसार पाँच वर्षभित्र करिब ६४० स्थानीय तहहरुमा १५ शैंयाका अस्पताल निर्माण गर्नुपर्ने जनाइएको छ । १५ शैंयाको अस्पताल निर्माण कार्य सम्पन्न गर्न तथा कार्यप्रगतिका आधारमा निर्माणाधीन स्वास्थ्य संस्थाका भवन सम्पन्न गर्न ७५ करोड बजेट विनियोजन गरिएको छ ।

विगतको संसदीय निवार्चन क्षेत्रका आधारमा स्थापना गरिएका प्राथमिक स्वास्थ्य केन्द्रमध्ये अस्पताल नरहेका, सम्बन्धित स्थानीय तहमा एक प्राथमिक स्वास्थ्य केन्द्र रहेका र नरहेका स्थानीय तहमध्येबाट प्राथमिक अस्पतालका लागि सम्बन्धित स्थानीय तहबाट अस्पतालमा स्तरोन्नति लागि सिफारिस आएका स्वास्थ्य चौकीलाई १५ शैंयाको अस्पतालमा स्तरोन्नती गर्न लागिएको हो ।

स्तरोन्नती भएका स्वास्थ्य संस्थाहरुको नामावली :

 

प्रकाशित मिति: Feb 24, 2019

प्रतिक्रिया दिनुहोस्