Logo
१२ श्रावण २०८१, शनिबार
(February 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जलाउन लगिएको युवतीको शव खोलाको किनारबाट जफत

वीरगंज : जलाउन लैजादै गरेको किशोरीको शव प्रहरीले जफत गरेको छ । आइतबार दिउँसो पर्साको जिराभवानी गाउँपालिका वडा नं २ सेढवा चन्द्रवती खोलाको किनारबाट शव जफत गरेको हो ।

स्थानीय चन्द्रिका मुखिया बिनको १८ बर्षीया छोरी लालसाकुमारी बिनको शव बरामद गरेको इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायव निरीक्षक राजेश चौधरीले बताए । प्रहरीले शव जफत गरेपछि परिवारका सदस्य र छिमेकी भागेका छन् ।

आत्महत्या गरेको दावी गरिएकी युवतीको शव प्रहरीले बरामद गरेको हो । उक्त शव प्रहरीले पोस्ट मार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको छ । युवतीको मृत्युको घटनालाई लुकाउन खोजेको आशंकामा प्रहरीले शव बरामद गरेको बताएको छ ।

स्थानीयका अनुसार किशोरीको बिवाहको तयारी भइरहेको थियो । फागुन १३ गते पटेर्वासुगौली गाउँपालिका ५ निचुटाबाट टीकाटालो (छेका) गर्न आउने कुरा थियो केटा पक्षले किशोरीको अभिभावकसंग पचास हजार रुपैयाँ दाइजो मागी रहेका थिए ।

किशोरीका अभिभावक चन्द्रिका मुखिया बिनको आर्थिक अवस्था कमजोर रहेको र पैसाको कारण बिहे रोकिने स्थिति बनेको जानकारी केटीले पाएपछि आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले सुसाइड हो वा अन्य कारणले मृत्यु भएको हो पोष्टमार्टम रिपोर्ट पछि मात्रै भन्न सकिने जानकारी दिए ।

प्रकाशित मिति: Feb 24, 2019

प्रतिक्रिया दिनुहोस्