Logo
१२ श्रावण २०८१, शनिबार
(February 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मंगलबारदेखि बिहीबारसम्म देशभर पानी पर्ने सम्भावना

काठमाडौं : केहि दिनदेखि सुधार भएको मौसममा फेरि बदलाव आउने भएको छ । बिभिन्न जिल्लामा आजबाट बिहीबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् ।

नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले मेघ गर्जनसहित वर्षा, बदली र हिमपातको सम्भावना रहेको मौसमविद बताउँछन् । पश्चिममा गए रातिदेखि नै बदली शुरु भएको छ । यो क्रमशः पूर्वतिर सर्दै जाने र बुधबार दिनभरी देशभर पानी पर्ने मौसमविद शान्ति कँडेलले जानकारी दिएकी छन् ।

‘मंगलबार रातिदेखि बुधबार दिनभरी देशभरी नै पानी पर्ने सम्भावना छ,’ मौसमविद कँडेलले भनिन्, ‘त्यसको केही प्रभाव बिहीबार पनि देखिनसक्छ ।’ बिहीबारदेखि मात्रै पश्चिमी भूभागबाट क्रमशः मौसम सफा हुँदै जाने जनाइएको छ ।

आज काठमाडौंसहित पश्चिमका अधिकांश भागमा एकछिन घाम लाग्ने र एकछिन बादल लाग्ने मौसमविद कँडेलको भनाइ छ । यद्यपि आज दिउँसोदेखि तीन दिनसम्म पश्चिम, मध्य र पूर्वी पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसमी बुलेटिनमा उल्लेख छ । उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको बुलेटिनमा जनाइएको छ ।

प्रकाशित मिति: Feb 24, 2019

प्रतिक्रिया दिनुहोस्