Logo
१५ चैत्र २०८०, बिहीबार
(February 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चलचित्र ‘जानी नजानी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं  : रोशनी केसीको प्रस्तुति तथा मोदनाथ खनाल र सागर काजी मालीको निर्माणमा बनेको चलचित्र ‘जानी नजानी’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा एक विशेष कार्यक्रम आयोजना गरी चलचित्रको ट्रेलर रिलिज गरिएको हो।

चैत्र १ मा रिलिज हुने फिल्मबाट वसन्त अधिकारीले निर्देशनमा डेब्यु गर्दैछन् । सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा तथा संवाद रहेको फिल्ममा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी , कृष्णभक्त महर्जन र रोशनी केसी लगायतको अभिनय रहेको छ ।

यसै फिल्ममार्फत पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतकी छोरी निरिशा फिल्म नगरीमा डेब्यु गर्दैछिन् ।चलचित्रमा अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।

प्रकाशित मिति: Feb 22, 2019

प्रतिक्रिया दिनुहोस्