Logo
१२ श्रावण २०८१, शनिबार
(February 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभरका अस्पतालमा डाक्टरहरुको आनदोलन, बिरामी विचल्लीमा

काठमाडौं : आज देशभरका सरकारी अस्पतालमा सरकारी चिकित्सक संघ (गोदान) ले आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिस्कार गरेको छ ।

चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बहिस्कार गरेपछि उपचारका लागि सरकारी अस्पताल पुगेका बिरामीहरु समस्यामा परेका छन् । काठमाडौको वीर अस्पताल, टिचिङ लगायतका अस्पतालमा पुगेका विरामीहरुले आकस्मिकबाहेकका सेवा नपाएको गुनासो गरेका हुन् ।

सरकारले ल्याएको कर्मचारी समायोजन विधेयकविरुद्ध गोदानआबद्ध चिकित्सकहरु आन्दोलनमा छन् । एक महिनाअघि सरकारले माग पूरा गर्ने सहमति गरे पनि कार्यन्वयन नगरेको उनीहरुको भनाई छ ।

यसैबीच संघले आजै वीर अस्पतालबाट विरोधर्याली निकाल्ने जनाएको छ । दिउँसो वीरअस्पतालबाट सुरु हुने र्याली माइतीघर मण्डलामा पुगेर कोणसभामा परिणत हुने सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताएका छन् ।

संघले बिहीबार विज्ञप्ति जारी गर्दै र्यालीमा अनिवार्य उपस्थित हुन सवै चिकित्सकहरुलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति: Feb 22, 2019

प्रतिक्रिया दिनुहोस्