Logo
१२ श्रावण २०८१, शनिबार
(February 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेकपा सांसद ओलीको मेडिसिटी अस्पतालमा निधन

काठमाण्डौ : सांसद उत्तमकुमार ओलीको निधन भएको छ । गाडी दुर्घटनामा घाइते भएका प्रदेश ५ का सांसद ओलीको निधन भएको हो ।

ललितपुरको मेडिसिटी अस्पतालमा बिहीबार राति साढे १ बजेतिर उनको निधन भएको परिवारले बताएको छ ।

उनको शव श्रद्धाञ्जलीका लागि नेकपाको केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा राख्ने तयारी छ । सांसद ओली गएको माघ २४ गते दाङको लमही-घोराही सडक खण्डको चिसापानीमा भएको गाडी दुर्घटनामा घाइते भएका थिए ।

दाङको दंगिशरण गाउँपालिका वडा नम्बर-६, लेटारका सांसद ओली गएको वर्ष भएको प्रदेश सभा चुनावमा तत्कालीन एमालेको तर्फबाट दाङ निर्वाचन क्षेत्र नम्बर (ख) बाट विजयी भएका थिए ।

प्रकाशित मिति: Feb 22, 2019

प्रतिक्रिया दिनुहोस्