Logo
११ श्रावण २०८१, शुक्रबार
(February 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राति ८ बाजे खाना खाएर घरबाट निस्केका फर्निचर मिस्त्रीको बाँसघारीमा शव फेला

जनकपुरधाम : प्रदेश २ क जनाकपुर स्थित एक फर्निचर मिस्त्रीको शव बाँसघारीमा फेला परेको छ । जनकपुर उपमहानगरपालिका १७ कटरैत बस्ने फर्निचर मिस्त्री ३३ वर्षका रामरतन मुखियाको शव फेला परेको हो ।

बुधबार विहान मुखियाको शव घरभन्दा ५ सयमिटर पर बाँसघारीमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले घटना स्थलमा पुगेर प्रहरीले अनुसन्धान थालेको छ ।

मुखिया जनकपुरमा फर्निचरको काम गर्ने गरेका थिए । मुखिया राति ८ बाजे खाना खाएर घरबाट निस्केपछि सुत्नेबेलासम्म नआउँदा परिवारजनले खोजविन सुरु गरेको थियो ।

तर विहान एकाएक घरनजिक शव फेला परेपछि हत्या भएको परिवारजनाले दावी गरेको छ । शव नजिक रगत पनि देखिएकोले हत्याको हुन सक्ने प्रहरीको आशंका छ ।

घटनाको सूक्ष्म अनुसन्धानको लागि प्रदेश प्रहरीको समन्वयमा हेटौडाबाट कुकुरसहितको ‘डगटोली’ आउन लागेको जनाएको छ । ‘डगटोली’ले घटनास्थलको अनुसन्धान गरेपछि मात्र शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Feb 20, 2019

प्रतिक्रिया दिनुहोस्