Logo
१५ फाल्गुन २०८०, मंगलबार
(February 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि नै जनकपुरमा हत्या भएको पुष्टि

काठमाडौं : प्रदेश २ स्थिति धनुषाको मिथिला नगरपालिकामा बिहीबार आधा शरीर जलेको अवस्थामा फेला परेकी बालिकाको सामूहिक बलात्कार भएको पुष्टि भएको छ ।

प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाले गरेको अनुसन्धानका क्रममा ११ वर्षीया बालिका दुतिया रैसेलीको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको हो ।

प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकारीका अनुसार घटनामा संलग्न एक आरोपीलाई समेत नियन्त्रणमा लिइसकिएको छ । ती अधिकारीले भने, ‘घटनापछि बालिकाको पहिचान लुकाउन शवलाई जलाइएको खुलेको छ ।’

प्रदेश प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले पनि प्रहरी आरोपित नजिक पुगेको बताए ।मृतक बालिका बोल्न नसक्ने अपाङ्ग हुन् ।

प्रकाशित मिति: Feb 18, 2019

प्रतिक्रिया दिनुहोस्