भारतमा सबै भन्दा ठुलो आतंकी हमला, ४२ सुरक्षाकर्मीको मृत्यु, पाकिस्तान विरुद्ध युद्ध थाल्न माग (भिडियो)
भारत स्थित जम्मू कश्मीरको अवंतीपुरामा अहिलेसम्मकै सबैभन्दा ठुलो आतंकी हमला भएको छ । जसमा ४२ जना भारतीय सुरक्षकर्मी मारिएका छन् । बिहिबार दिउसो भएको यस घटनापछि भारतभरका जनता पाकिस्तान विरुद्ध नारावाजी गरिरहेका छन् । भारतले यस हमलाको मुख्य जिम्मेवार छिमेकी मुलुक पाकिस्तानलाई मानेको छ ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले घटना पाकिस्तानले गरेको आरोप लगाएका छन् । छुट्टी मनाएर फर्किरहेका बेला सुरक्षाकर्मी सवार बसलाई निशाना बनाएर उक्त आतंकी हमला गरिएको हो । भारतीय न्यूज च्यानलहरुले पाकिस्तान विरुद्ध भारतले युद्ध नै थाल्नुपर्ने बताइरहेका छन् ।
उक्त आतंकी हमलाको जिम्मेवारी भने पाकिस्तानी आंतकी संगठन जैश.ए.मोहम्मदले लिएको छ । निकै ठुलो हमला भनिएको उक्त आतंकी हमलापछि चौतर्फी रुपमा राजनीतिक दलका नेताहरुले पाकिस्तान विरुद्ध बयानवाजी गरिरहेका छन् । प्रतिपक्षी नेता राहुल गान्धी समेतका नेताहरुले भारतसरकारले पाकिस्तान विरुद्ध युद्ध नै थाल्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाको बदला लिने बताएका छन् । सरकारले पाकिस्तानलाई जवाफी कारवाही गरे प्रतिपक्षी समेत सबै राजनीतिक दलहरुले सरकारलाई साथ दिने बताएका छन् ।
जम्मुबाट श्रीनगर गइरहेको केन्द्रीय रिजर्भ पुलिस फोर्सको गाडीमा हमला हुँदा ४२ जना सुरक्षाकर्मी मारिएका हुन् ।
करिब ७० वटा गाडीमा गइरहेका सुरक्षाकर्मी पुलवाला भन्ने स्थानमा हमला भएको हो । जम्मु-काश्मिर सरकारका सल्लाहकार विजयकुमारका अनुसार यो हमलामा ४० जनाको ज्यान गएको छ भने धेरैजना घाइते भएका छन् । यी गाडीमा २५४७ जना सीआरएफका जवान सवार थिए । यो हमलाको जिम्मेवारी पाकिस्तानमा आश्रय लिइएको भनिएको जैस-ए-मोहम्मदले लिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटक पदार्थले भरिएको गाडीमार्फत काश्मिरमा अहिलेसम्मकै ठुलो हमला भएको हो । यसभन्दा पहिले सन् २०११ अक्टोबरमा काश्मिर विधान सभा र जनवरी २००४ मा सुरक्षा बलको गाडीमाथि यस्तै हमला भएको थियो । त्यो बेला विधानसभाको हमलामा मात्रै ३८ जना मारिएका थिए ।
समाचार अनुसार जैस ए मोहम्मदका आदिल अहमद उर्फ वकास कमाण्डोले दिउँसो ३ बजेर १५ मिनेटमा यो हमला गरेका थिए । सीआरपीएफको गाडीको लस्कर लेथपोराबाट अगाडि बढेपछि पृथकतावादीहरूले विस्फोटकले भरिएको आफ्नो गाडी जवाले भरिएको बसमा ठोक्काएका थिए ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार अनुसार करिब ३५० किलो भन्दा धेरै विस्फोटक पदार्थले भरिएको स्कोर्पियो सुरक्षाकर्मीको गाडीमा ठोक्काइएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार पुलवामाको काकापोराका बासिन्दा आदिल २०१८ मा जैसमा सामेल भएका थिए ।
एक भारतीय अधिकारीका अनुसार आतंकवादी हमलामा परेका सीआरएफका टोली जम्मुबाट बिहान ३ बजेर ३० मिनेटमा बाटो लागेका थिए । उनीहरू साँझ श्रीनगर पुग्ने योजना थियो ।
एकसाथ २५४७ जवान लिएर हिँडेका गाडीसँगै सडक खुलाउने टोली र बख्तरबन्द आतंकरोधी गाडी पनि थिए । जुन बसमा आक्रमण भयो त्यसमा ७६औँ बटालियनका ३९ जना सवार थिए । मारिएका थप सुरक्षाकर्मीमा अर्को साधनका पनि थिए । घटनापछि डाक्टर र बम विशेषज्ञको टोली घटनास्थलमा पुगिसकेको छ ।
हेर्नुस् भिडियोहरु :
सौजन्य : एएनआई न्यूज एजेन्सी र एबिपि न्यूज,
मारिएका सुरक्षाकर्मीहरु :
1. जयमाल सिंह- 76 बटालियन
2. नसीर अहमद- 76 बटालियन
3. सुखविंदर सिंह- 76 बटालियन
4. रोहिताश लांबा- 76 बटालियन
5. तिकल राज- 76 बटालियन
6. भागीरथ सिंह- 45 बटालियन
7. बीरेंद्र सिंह- 45 बटालियन
8. अवधेष कुमार यादव- 45 बटालियन
9. नितिन सिंह राठौर- 3 बटालियन
10. रतन कुमार ठाकुर- 45 बटालियन
11. सुरेंद्र यादव- 45 बटालियन
12. संजय कुमार सिंह- 176 बटालियन
13. रामवकील- 176 बटालियन
14. धरमचंद्रा- 176 बटालियन
15. बेलकर ठाका- 176 बटालियन
16. श्याम बाबू- 115 बटालियन
17. अजीत कुमार आजाद- 115 बटालियन
18. प्रदीप सिंह- 115 बटालियन
19. संजय राजपूत- 115 बटालियन
20. कौशल कुमार रावत- 115 बटालियन
21. जीत राम- 92 बटालियन
22. अमित कुमार- 92 बटालियन
23. विजय कुमार मौर्या- 92 बटालियन
24. कुलविंदर सिंह- 92 बटालियन
25. विजय सोरंग- 82 बटालियन
26. वसंत कुमार वीवी- 82 बटालियन
27. गुरु एच- 82 बटालियन
28. सुभम अनिरंग जी- 82 बटालियन
29. अमर कुमार- 75 बटालियन
30. अजय कुमार- 75 बटालियन
31. मनिंदर सिंह- 75 बटालियन
32. रमेश यादव- 61 बटालियन
33. परशाना कुमार साहू- 61 बटालियन
34. हेम राज मीना- 61 बटालियन
35. बबला शंत्रा- 35 बटालियन
36. अश्वनी कुमार कोची- 35 बटालियन
37. प्रदीप कुमार- 21 बटालियन
38. सुधीर कुमार बंशल- 21 बटालियन
39. रविंदर सिंह- 98 बटालियन
40. एम बाशुमातारे- 98 बटालियन
41. महेश कुमार- 118 बटालियन
42. एलएल गुलजार- 118 बटालियन