Logo
११ श्रावण २०८१, शुक्रबार
(February 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कार्यकालको अन्तिम संसद भाषणमा भारतीय प्रधानमन्त्री मोदीको ‘नेपाल सम्झना’

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई महाविपति पर्दा भारतले सहयोग गरेको स्मरण गरेका छन् । वुधबार भारतीय लोकसभाको अन्तिम दिन सम्बोधन गर्दै नेपालमा महाभूकम्प जाँदा भारतले मानविय उदारता देखाएको दाबी गरे ।

उनले आफ्नो ५ वर्षे कार्यकालमा विश्वमा मानवीय काममा ठूलो भूमिका रहेको दाबी गर्दै नेपालमा भूकम्प जाँदा होस् वा दुनियाँका ठूला महासंकटमा भारतले सहयोग गरेको दाबी गरे । उनले विश्वमा भारतले देखाएको उदारताको राष्ट्रसंघले समेत समर्थन गरेको बताए ।

उनले नेपालसंगको अटुट सम्बन्धलाई आफ्नो कार्यकालमा थप मजबुत पारिने कार्य भएको बताए । नङ्ग र मासु झै सम्बन्ध रहेको नेपालमा जान नै १७ वर्ष लागेको इतिहासलाई बिर्सन नहुने उनको तर्क थियो ।

लोकसभामा प्रधानमन्त्री मोदीले विपक्षी दल काँग्रेस आइका नेता राहुल गान्धीप्रति कटाक्ष गरेका थिए । सभामा मोदीले विपक्षी नेता मल्लिकअर्जुन खड्गेको तारिफ गरेका थिए भने अर्का नेता मुलायमसिंहले प्रधानमन्त्री मोदीलाई फेरि अर्को कार्यकाल पनि मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त होस् भन्दै कामना गरेका थिए ।

प्रधानमन्त्री मोदी नेतृत्वको सरकारको कार्यकाल सकिने लागिएको छ भने भारतमा लोकसभा चुनावको महोलले तात्दै गएको छ ।

प्रकाशित मिति: Feb 14, 2019

प्रतिक्रिया दिनुहोस्