Logo
१२ श्रावण २०८१, शनिबार
(February 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु : यस्तो छ रोजगार कार्यक्रममा राखिएका ९ प्रकिया

काठमाडौं : फागुन १ अर्थात आजबाट सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । बुधबारबाट सुरु गरिएको रोजगार कार्यक्रममा नौ प्रकिया राखिएको छ ।

पहिलो : वडा कार्यलयमा दर्ता । बेरोजगार व्यक्तिले आफू स्थायी बसोबास गरेको स्थानीय तहको वडा कार्यालयमा व्यक्तिगत विवरणसहितको फारम भरी नाम दर्ता गर्नुपर्नेछ ।

दोस्रो : रोजगार सेवा केन्द्रमा निवेदन संकलन । वडा कार्यालयमा प्राप्त फारमहरू रोजगार सेवा केन्द्रमा बुझाउनु पर्नेछ । यसका लागि सरकारले ७५३ स्थानीय तहमा सकरार संयोजक नियुक्तिको प्रकिया अघि बढाएको छ ।

तेस्रो : बेरोजगारको सूची तर्जुमा । रोजगार सेवा केन्द्रमा प्राप्त फारमहरूको आधारमा बेरोजगार व्यक्तिहरूको सूची गाउँ वा नगर कार्यपालीकामा निर्णयका लागि पेस गर्नुपर्नेछ ।

चौथो : स्थानीय तहमा सूची अनुमोदन । स्थानीय तहले बेरोजगारहरूको सूची अनुमोदन गर्नुपर्नेछ ।

पाँचौँ : व्यवस्थापन सूचना प्राणालीमा प्रविष्ट बेरोजगार व्यक्तिको विवरण रोजगार व्यवस्थापन सूचना प्राणालीमा प्रविष्ट गर्नुपर्नेछ ।

छैटौँ : श्रमिकको माग संकलन । रोजगार आयोजनाहरूले आवश्‍यक श्रमिक रोजगार सेवाकेन्द्रमा माग गरी पठाउनुपर्नेछ ।

सातौँ : लाभग्राहीलाई परिचयपत्र वितरण । रोजगार सेवा केन्द्रमा माग भएबोमोजिमका श्रमिकलाई लाभग्राही परिचयपत्र सहित काम गर्न खटाउनेछ ।

आठौँ : माग भएअनुसार रोजगारीमा परिचालन । श्रमिकले रोजगार सेवा केन्द्रले खटाएको क्षेत्रमा गएर काम गर्नुपर्नेछ ।

नवौँ : बैंक खातामा पारिश्रमिक भुक्तानी । सम्बन्धित आयोजनाले काम गरेको दिनको भुक्तानी श्रमिकको बैंक खातामा गर्नुपर्नेछ । सरकारले सकेसम्म आफ्नै वडा कार्यालय, वडा कार्यालयमा नभए स्थानीय तह, स्थानीय तहमा नपाएमा जिल्ला र जिल्लामा नपाए देशभर जहाँ पनि खटाउन सक्ने प्रावधान राखेको छ ।

प्रकाशित मिति: Feb 13, 2019

प्रतिक्रिया दिनुहोस्