Logo
१२ श्रावण २०८१, शनिबार
(February 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदी युवराज सलमानले दुई दिने पाकिस्तानको भ्रमण गर्दै

इस्लामावाद : साउदी अरबका युवराज मोहम्मद बिन सलमानले यहि महिना पाकिस्तानको भ्रमण गर्ने भएका छन् । दुई दिने भ्रमणका लागि उनी यही फेब्रुअरी १६ तारिखका दिन शनिबार पाकिस्तानको राजधानी शहर इस्लामावाद आउने कार्यक्रम तय भएको अधिकारीहरुले जनाएका छन् । पाकिस्तानका लागि साउदी अरबका राजदूत नवाफ बिन सइद अल मालिकीले सोमबार युवराज सलमानको भ्रमणको पुष्टि गरेका हुन् ।

भ्रमणको सुरक्षा व्यवस्थाका लागि सुरक्षा टोलीको एक समूह सोमबार नै इस्लामावाद आइसकेका उनले बताए । त्यसैगरी स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरुको टोली पनि सोमबार नै इस्लामावाद आईसकेको उनलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । भ्रमणका क्रममा उनले आर्थिक सहायतसँगै व्यापार र दुईपक्षीय सम्वन्धका बारेमा पनि सम्झौता र छलफहरु गर्ने जनाइएको छ ।

अहिलेको व्यापार सम्झौता पाकिस्तानको इतिहासमै सबैभन्दा ठूलो हुने बताइएको छ ।त्यसैगरी यमन, अफगानिस्तानको संकट र त्यहाँ भइरहेको शान्ति वार्ताका प्रयासहरुका बारेमा पनि युवराज सलमान र पाकिस्तानी उच्च अधिकारीहरुले छलफल गर्नुहुने अधिकारीहरुले बताएका छन् ।

गत बर्षको अक्टोबरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको साउदी अरब भ्रमणका क्रममा साउदी अरबको तर्फबाट व्यापार तथा सहयोग सम्वन्धि प्रतिबद्धता व्यक्त भएको थियो ।

प्रकाशित मिति: Feb 12, 2019

प्रतिक्रिया दिनुहोस्