Logo
८ जेष्ठ २०८१, मंगलबार
(February 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरेलु रक्सी पिउदा ४० जनाको मृत्यु, २४ जना अस्पतालमा भर्ना, गाउँमा आक्रोश

भारतको उत्तरप्रदेश र उत्तराखण्डमा विषालु रक्सी पिउँदा ४० जनाको मृत्यु भएको छ । उत्तरु प्रदेशको कुशीनगरमा १०, सहारनपुरमा १८, उत्तराखण्डको रुकडीमा १२ जनाको ज्यान गएको छ ।

करिब २४ जना अस्पतालमा भर्ना भएका छन् । दुवै घटनामा शुक्रबार पुलिस र आबकारी विभागका २२ कर्मचारीलाई निलम्बन गरिएको छ । मृत्यु हुनेहरुले स्प्रिटबाट बनेको रक्सी पिएको आरोप लगाइएको छ ।

कुशीनगरको जवही दयाल चैनपट्टीमा मंगलबार राती विषालु रक्सी पिएर तीन जनाको मृत्यु भएको थियो । यिनीहरुले गाउँबाहिर इट्टाभट्टामा भन्ने अवैध रक्सी पिएका थिए । त्यसपछि ७२ घण्टाभित्र रक्सी पिएर बिरामी भएका थप ७ जनाको ज्यान गयो ।

लगातार भएको मृत्युपछि गाउँमा आक्रोश छ । गाउँलेहरुले पुलिस र सरकारी कर्मचारीको मिलेमतोमा गाउँमा अवैध रक्सीको कारोबार चलिरहेको आरोप लगाए । यस्तो धन्दामा नेताहरुको समेत संरक्षण रहेको उनीहरुको आरोप थियो ।

प्रकाशित मिति: Feb 9, 2019

प्रतिक्रिया दिनुहोस्