Logo
८ जेष्ठ २०८१, मंगलबार
(February 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किसानको हितमा नभई बिचौलियाको पक्ष लिने कृषि मन्त्रालय खारेज गर्न माग

काठमाडौं : पूर्वमन्त्री एवं सांसद हृदऐश त्रिपाठीले कृषि मन्त्रालय खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद त्रिपाठीले किसानको पक्षमा काम नगर्ने कृषि मन्त्रालय खारेज गर्नुपर्ने माग गरेका हुन् । उनले भने, किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ। यो बिचौलियाको पक्षमा काम गर्ने रहेछ ।

सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका सांसद त्रिपाठीले चिनी किसानको भुक्तानी बाँकी रहेको र सरकार लाचार भएर बसेको भन्दै संसदमा आपत्ति जनाएका छन् । स्वदेशमा चिनी उत्पादन गर्ने मिल सरकारको लाचारीका कारण ढिलो चलेकाले किसानलाई मार परेको बताए । हाल नेपालमा चिनी मिल संचालन नगर्ने चिनी अभाव देखाएर विदेशबाट आयात गर्ने र नेपाली किसानलाई मारमा पार्ने उनले बताए ।

उनले जेठ असारमा फेरि चिनीको अभाव हुने र व्यापारी चिनी आयातमा लाग्ने बताए । उनले विगतमा नेपाली कांग्रेसको सरकारले विदेशबाट २ लाख टन ल्याउन दिएको र किसानको चिनी नबिकेको बताए । उनले वर्तमान सरकार पनि लाचार भएर सोही प्रवृतिमा लागेको बताए । उनले सरकार र विचौलियाको लडाइँमा किसान बली चड्नुपरेको पनि बताए । त्रिपाठीले कृषि र किसानका लागि छुट्याइएको बजेटको १८ प्रतिशत मात्रै किसानको पक्षमा र बाँकी तामझाममा खर्च गरिएको दाबी गरे । उनले किसानको पार्टी बन्न पनि नेकपालाई आग्रह गरे ।

प्रकाशित मिति: Feb 8, 2019

प्रतिक्रिया दिनुहोस्