Logo
७ जेष्ठ २०८१, सोमबार
(February 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेनेजिर भुट्टो : एक असल राजनेता जसले स्कार्फ त लगाइन् तर अनुहार छोपिनन्

पाकिस्तान, धर्मको नाममा विभाजित यस्तो देश जहाँ महिलाहरू आज पनि अधिकारको लडाइँ लडिरहेका छन् । महिलाहरूलाई पुरुषको समान अधिकार आज पनि छैन । यस्तो परिस्थितिमा त्यो क्षमताको कल्पना गर्न सकिन्छ, जसले राजनीति कखराबाट सुरु गरी देशकै पहिलो महिला प्रधानमन्त्री पनि बनिन् । उनको नाम हो बेनेजिर भुट्टो । उनलार्ई पाकिस्तानको एघारौँ प्रधानमन्त्री मात्र नभई, कुनै पनि मुस्लिम देशको नेतृत्व गर्ने पहिलो महिला हुने गौरव प्राप्त भयो ।

पाकिस्तान पिपुल्स पार्टीकी नेता बेनजिर भुट्टोको कहानी धेरै रमाइलो छ र त्यति नै सङ्घर्षपूर्ण पनि । २१ जुन १९५३ मा कराँचीमा जन्मिएकी बेनजिर भुट्टोको २७ डिसेम्बर २००७ मा हत्या भएको थियो । उनको हत्याको आरोपमा पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसरफको नाम पनि छ । उनलाई लापरवाही गरेको र बेनजिरलाई धम्की दिएको आरोप छ ।

उनका बुबा पूर्वप्रधानमन्त्री थिए । उनले अक्सफोर्ड विश्वविद्यालयमा पढेकी थिइन् । बेनजिर भुट्टो एक पटक होइन, दुई दुई पटक पाकिस्तानको बजिर ए आजम बनिन् । बेनजिर भुट्टोका बाबु पूर्वप्रधानमन्त्री जुल्फिकार अलि भुट्टो थिए । उनका दादा शाह नवाज भुट्टो । भुट्टो परिवारको राजनीतिमा गहिरो नाता रहेको थियो । बेनजिरको घरमा बोलाउने नाम पिंकी थियो । उनका लागि किस्सा तथा कहानी राजनीतिबाट नै दिइने गरिन्थ्यो ।

अक्सफोर्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेकी भुट्टो क्याम्पसको दिनमा पनि राजनीतिमा सक्रिय भएकी थिइन् । उनी अक्सफोर्ड युनियन अध्यक्ष चुनिने पहिलो एसियाली महिला थिइन् ।

विदेश सेवामा जान चाहन्थिन् बेनजिर

१९९७ सालमा अक्सफोर्डबाट ग्रेजुएट भएपछि बेनजिर विदेश सेवामा जान चाहन्थिन् । उनका बाबु जुल्फिकार भुट्टो त्यतिबेला पाकिस्तानका प्रधानमन्त्री थिए । पाकिस्तानको सरकारमा सदैव सेनाको महत्त्वपूर्ण भूमिका रहेको छ । तत्कालीन जनरल जिया उल हकले सरकार कायापलट गरिदिएका दिए । त्यसकारण जुल्फिकार अलि भुट्टो सत्ताबाट बाहिरिए ।

बाबुलाई दिए फाँसी, परिवार भयो नजरबन्द

१९७९ बेनजिर भुट्टो ग्रेजुएट भएको दुई वर्षपछि उनका पिता जुल्फिकर अलि भुट्टोलाई फाँसी दिइयो । त्यति मात्र होइन भुट्टो परिवारलाई नजरबन्द पनि गरियो । उनलाई देशभन्दा बाहिरको बाटो तय गर्नुपर्यो । भुट्टो परिवारलाई ब्रिटेनमा निर्वासित जीवन बिताउनुपर्यो । एउटी छोरीलाई बाबुको लुटिएको इज्जत र देशप्रतिको प्रेम दुवै प्राप्त गर्नका लागि यात्रा यहाँबाट तय भयो ।

जब उनी पाकिस्तान फर्किन्

यसपछिको सात वर्षमा बेनजिर भुट्टो पाकिस्तानमा लोकप्रिय बनेकी थिइन् । जनताहरू उनलाई एक पटक हेर्नका लागि पनि आतुर थिए । यही कारणले १९८६ मा जब बेनजिर भुट्टो निर्वासनबाट फर्किन् र पाकिस्तानको जमिनमा आफ्नो पाइला राखिन् एयरपोर्टमा उनलाई हेर्नको लागि मानिसको ताँती लागेको थियो । सुनिन्छ लाहोर एयरपोर्टबाट रेलवेसम्म ८ माइल करिब १२ किमि यात्रा गर्नका लागि उनलाई साढे ९ घण्टा लागेको थियो ।

आमाको रोजाइमा बिहे

बेनजिरको जिन्दगीमा एउटा अर्को परिस्थिति १९८७ मा आयो । बिजनेसम्यान आसिफ अलि जर्दारीसँग उनको विवाह भयो । त्यतिबेला सबै यो विवाहबाट आश्चर्यमा परे । कारण थियो बेनजिरको उदार दृष्टिकोण । मानिसहरू कल्पना पनि गरेका थिएनन्, बेनेजिर आफ्नो आमाको रुचिमा बिहे गर्छिन् । बेनजिरले आसिफ अलीसँग बिहे मात्र गरिनन्, उनलाई अन्तिम अवस्थासम्म साथ पनि दिइन् ।

बनिन् पाकिस्तानको प्रधानमन्त्री

१९८८ मा चुनाव जितेर उनले पाकिस्तानको शासन सम्हालिन् । कुनै महिलालाई उच्च नेताको स्थान प्राप्त गर्नु पाकिस्तानको कट्टर पन्थीहरूलाई स्वीकार थिएन । बेनजिरका लागि बाटो सजिलो थिएन । बेनजिरले एक पटक भनेकी थिइन् उनी ब्रिटेनकी आइरन लेडीको नामबाट परिचित मार्गरेट थ्याचरलाई आफ्नो मोडल मान्छिन् ।

आफ्नो इमेजलाई लिएर उनी धेरै संवेदनशील थिइन्

बेनजिर आफ्नो इमेजलाई लिएर धेरै संवेदनशील थिइन् । उनी आफ्नो कपडाको धेरै ख्याल गर्दिनथिन् । तर कट्टर सोच भएकाहरूलाई त्यो स्वीकार्य थिएन । बेनजिर सधैँ टाउकोमा स्कार्फ राख्थिन् तर उनले कहिल्यै पनि अनुहारमा बुर्का लगाइनन् । कहिल्यै अनुहार ढाकिनन् । त्यति मात्र होइन, उनी पुरुषहरूसँग हात मिलाउन पनि सङ्कोच मान्दिनथिन् । उनको कहिल्यै यस्तो तस्बिर आएन, जसमा उनको हातमा अल्कोहल ड्रिङ्क भएको ग्लास होस् । उनले भनेकी थिइन्, इस्लामको पैगम्बरकी पत्नी खदिजाप्रति पनि सम्मान गर्छिन् । किनकि उनी मिहिनेती महिला थिइन् ।

परिवारमा दुई छोरी र एक छोरा

बेनजिरको हत्या २७ डिसेम्बर २००७ मा रावलपिण्डीमा भएको थियो । यो सहरमा १९७९ मा उनका बाबु जुल्फिकर अली भुट्टोलाई फाँसी दिइएको थियो । बेनजिर र आसिफ अलि जरदारीको तीन सन्तान थिए । छोराको नाम बिलावल भुट्टो हो, जो आमाको छापलाई अगाडि बढाउँदै राजनीतिमा प्रवेश गरे । छोरीहरूको नाम बख्तावर र असिफा हो ।

बिलावलले गरे ट्विट उनी जीवित छिन्

जब बिलावल जन्मिए तब बेनजिर १९८८ मा चुनावका लागि लिडिङ गर्दै थिइन् । जब १९९० मा बख्तावर जन्मिइन् उनी देशकी प्रधानमन्त्री थिइन् । बेनजिर भुट्टो १९८८ बाट १९९० र फेरि १९९३ बाट १९९६ सम्म पाकिस्तानकी प्रभानमन्त्री बनिन् । २७ डिसेम्बर २०१८ आमालाई सम्झँदै बिलावलले एक ट्विट गरेका छन् । उनी लेख्छन् ए धनीहरू हो तिमीहरू जिउँदै भएर मरेका छौ, उनी मरेर पनि जीवित छिन्…  ।

प्रकाशित मिति: Feb 8, 2019

प्रतिक्रिया दिनुहोस्