Logo
८ जेष्ठ २०८१, मंगलबार
(February 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिनिधिसभाकमा सत्तापक्षकै सांसदहरुले गरे सरकारको चर्को आलोचना

काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुले मुलुकको विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । संघीय संसदको संसदीय सुनुवाई विशेष समितिको बिहिबारको बैठकमा बोल्दै पुष्पा भुसाल, सुरेन्द्र पाण्डे लगायतका प्रतिनिधिसभाका सांसदहरुले विदेश नीति कमजोर बन्दै गएको भन्दै सरकारको चर्को आलोचना गरेका हुन् ।

समितिका सदस्य पाण्डेले समृद्धिको रटानलाई आधार मानेर राजदूत नियुक्तिको कामलाई अघि बढाइएको भन्दै आपत्ति पनि जनाए । सरकारले समृद्धि भन्ने तर समृद्धिको भिजन नभएकाहरुलाई राजदूत नियुक्त गर्ने गरेको उनको आरोप छ । समितिकी अर्का सदस्य पुष्पा भुसालले मुलुकको विदेश नीति कमजोर रहेको दावी गरिन् । उनले मुलुकको समृद्धिका लागि आवश्यक योगदान दिन सक्ने क्षमता भएकाहरुलाई राजदूत बनाउन नसक्दा मुलुकको विदेश नीति प्रभावकारी ढंगले अघि बढाउन नसकिएकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

यता, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने सरकारको विदेश नीति कमजोर रहेको भन्ने सांसदहरुको भनाई सत्य नभएको दावी गरे । उनले मुलुकको विदेश नीति सुदृढ हुँदै गएको पनि बताए । मन्त्री ज्ञवालीले मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिनेगरी कूटनीतिक सम्बन्धलाई अघि बढाउने गरी राजदूत नियुक्तिको कामलाई अघि बढाइएको दावी पनि गरे । परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले राजदूत पद रिक्त हुन नदिन सरकारले ३ महिना अघिनै नियुक्ति प्रक्रिया अघि बढाउने नयाँ व्यवस्था गरेको पनि समितिलाई जानकारी गराए ।

गत असार २४ गते बसेको मन्त्रिपरिषद बैठकबाट पारित गरेको राजदूत नियुक्तिसम्बन्धि निर्देशिकामा पद खाली हुनु ३ महिना अघिनै राजदूत नियुक्तिको प्रक्रिया सुरु गर्ने नयाँ व्यवस्था गरिएको छ । मन्त्री ज्ञवालीले राजदूत पद रिक्त हुन नदिन सरकारले सो व्यवस्था गरेको स्पष्ट पारे । परराष्ट्रमन्त्री ज्ञवालीले राजदूत नियुक्ति गर्दा समावेशी सिद्धान्तलाई अवलम्बन गरिएको पनि दावी गरे ।

प्रकाशित मिति: Feb 7, 2019

प्रतिक्रिया दिनुहोस्