Logo
७ जेष्ठ २०८१, सोमबार
(February 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झापाको बार एशोसिएशनको अध्यक्षमा निरौला निर्वाचित

भद्रपुर :  नेपाल बार एशोसिएशन झापाको अध्यक्षमा लेखनाथ निरौला चयन भएका छन् । आगामी २ वर्षे कार्यकालका लागि यही माघ २६ गतेलाई तय गरिएको निर्वाचन अगावै सहमति भएपछि निरौलाको अध्यक्षतामा समिति गठन गरिएको हो ।

झापाका प्रगतिशील कानून व्यवसायी एशोसिएशन र प्रजातान्त्रिक कानून व्यवसायी एशोसिएशनबीच भएको सहमतिबमोजिम चन्द्रगढीमा बुधबार सम्पन्न भेलाबाट प्रगतिशील कानून व्यवसायी एशोसिएशनबाट निरौलाको अध्यक्षतामा समिति गठन गरिएको हो ।

प्रजातान्त्रिक कानून व्यवसायी एशोसिएशनले उपाध्यक्ष, सचिव, सहसचिव र चार जना सदस्य पाएको छ । सहमतिअनुसार बारको उपाध्यक्षमा नारायणप्रसाद पौडेल, सचिवमा भीम बराल, सहसचिवमा शान्ता पाठक र कोषाध्यक्षमा अर्जुनकुमार बस्नेतलाई निर्विरोध निर्वाचित गरिएको झापा बारले जनाएको छ ।

त्यसैगरी, सदस्यमा वसन्त नेपाल, देवीकुमारी निरौला, तिलकसिंह पाण्डे, शम्भुकुमार थापा, नरबहादुर लिङ्देन, पुन्यप्रसाद शिवाकोटी, लक्ष्मीप्रसाद अधिकारी र दीर्घसिंह पौडेल सर्वसम्मत चयन भएका छन् । २०२२ सालमा स्थापित झापा बारमा विगत १४ वर्षदेखि प्रगतिशील कानून व्यवसायी एशोसिएशन र प्रजातान्त्रिक कानून व्यवसायी एशोसिएशनबीच आलोपालो नेतृत्व लिने सहमति भएको छ ।

प्रकाशित मिति: Feb 7, 2019

प्रतिक्रिया दिनुहोस्