Logo
१२ श्रावण २०८१, शनिबार
(February 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१२ वर्षीया बालिका बावुबाट बलात्कृत, रुदै फोन गरिन् बालिकाले हजुरबुवालाई

बुटवल : १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा अर्घाखाँचीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शितगंगा नगरपालिका-६ जकुनेकी ४२ वर्षीय पुरुषले आफ्नै १२ बर्षिया छोरीलाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

आफ्नै बावुबाट बलात्कृत बालिकाले हजुर बुवासँग आफू बलात्कृत भएको पीडा फोनमार्फत सुनाएपछि घटना बाहिरिएको हो । दुई दिनअघि घरमा आमा र हजुरबुवा नभएको बेला बाबुले आफूलाई बलात्कार गरेको पीडित बालिकाले हजुरबुबालाई रुदै फोनमार्फत सुनाएकी थिइन् ।

तत्पश्चात हजुरबुबाले बुधबार प्रहरीमा उजुरी गरिएको थियो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले बुधबार नै बलात्कार आरोपी बाबुलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

‘घरमा कोही नभएको बेला एक्लै बसेकी छोरीलाई बाबुले बलात्कार गरेछन् , पछि पीडितबालिकाले फोन गरेर हजुरबुवालाई यो कुरा भनिछन्’,-डिएसपी मल्लले भने, ‘ त्यसपछि आमालाई खबर भएपछि जाहेरी दिइयो र निज बाबुलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको छ ।’

प्रकाशित मिति: Feb 7, 2019

प्रतिक्रिया दिनुहोस्