Logo
८ जेष्ठ २०८१, मंगलबार
(February 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बेपत्ता फुटबलर साला सवार प्लेनको भग्नावशेष भेटियो

अर्जेन्टिनाका कार्डिफ सिटी स्ट्राइकर एमिलियानो साला सवार विमानको भग्नावशेष भेटिएको छ। गत जनवरी २१ देखि बेपता भएका एमिलियानोको लामो समयदेखि खोजि गरिए पनि भेट्न सकिएको थिएन । तर उनको एक निजी पहलमा भएको खोजीको क्रममा मंगलबार बेपत्ता भएको विमानको भग्नावशेष भेटिएको हो ।

समुद्रमुनि रहेको विमानको भग्नावशेषमा एउटा शव देखिएको खोजकर्ताले बताएका छन् । शवसहितको विमानको भग्नावशेष समुद्र सतहबाट ६७ मिटर तल थियो । यद्धपि उक्त सब फुटबलरको हो या पाइलटको भनेर पहिचान हुन भने बाँकी छ । प्लेनमा पाइलट र स्ट्राइकर साला सवार थिए । उद्धारकर्मीले समुद्रमुनि रहेको विमानको भग्नावशेषबाट एक शव निकालेका छन् ।

शव निकाल्न निकै सावधानी अपनाइएको उद्धारकर्मीले बताएका छन् । उद्धार कार्यका सबै प्रक्रिया विमानमा रहेका दुईजना सदस्यकै परिवारका सदस्यलाई अपडेट गराइएको उद्धारकर्मीले जानकारी दिए । फ्रान्सको नान्टेसबाट कार्डिफका लागि उडेको सानो आकारको विमानमा अर्जेन्टिनी स्ट्राइकर सालासँगै पाइलट डेविड इबोस्ट्सन सवार रहेका थिए । भग्नावशेषमा देखिएको शव कसको हो भन्ने खुलेको छैन ।

शवसहितको विमानको भग्नावशेष फेला पारेका व्यक्तिले सकेसम्म सुरक्षित उपायसहित शव निकालिएको बताए । विमानको खोजकर्ता वैज्ञानिक डेविड मार्न्सले भग्नावशेष फेला पारेपछि भने ‘सालाको परिवारले दुई हप्तासम्म नपाएका धेरै प्रश्नको उत्तर पाउने सम्भावना छ ।’ उनले थपे ‘त्यसका लागि विमानको भग्नावशेष तथा शव बाहिर निकालिनु पर्छ ।’ शव देखिएपछि उनले उक्त क्षण भयानक रहेको बताए ।

उनले भने ‘हामी जे नहोस भनेर सोचेका थियौँ तर त्यही भयो। सालाको परिवारलाई यो आँसुबाट बाहिर निस्कन समय लाग्नेछ ।’ विमानलाई कतै ट्रयास गर्न नसकिएको र पानीमा खसेको भए जीवित हुने सम्भावना नरहेको भन्दै बेपत्ता बिनाको आधिकारिक खोजी रोकिएको थियो । तर सालाको परिवारको प्रयासमा निजी रूपमा थालिएको खोजीको क्रममा विमानको भग्नावशेष सँगै एक शवसमेत भेटिएको हो ।

कार्डिफले सालालाई जनवरीमा क्लबको कीर्तिमानी मूल्य १५ मिलियन पाउण्डमा अनुबन्धित गरेको थियो । २८ वर्षका साला र ५९ वर्षका डेविड नान्टेसबाट कार्डिफ आउँदै गर्दा बेपता हुँदा विश्व फुटबल जगत स्तब्ध भएको थियो । आधिकारिक खोजी जनवरी २४ मा रोकिएपनि डेविड मान्र्सको नेतृत्वमा खोजी कार्य जारी राखिएको थियो । सालाको खोजीका लागि चाहिने रकम जुटाउन अनलाइनमार्फत गरिएको अपिलमा तीन लाख २४ हजार पाउण्ड रकम समेत जम्मा भएको थियो । रकम जम्मा भएपछि आइतबारबाट पुन उनको खोजी थालिएको थियो ।

प्रकाशित मिति: Feb 7, 2019

प्रतिक्रिया दिनुहोस्