Logo
४ जेष्ठ २०८१, शुक्रबार
(February 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घुस मागेको अभियोगमा कम्पनी रजिष्ट्रार कार्यालयकी गीताकुमारी पन्थीविरुद्ध मुद्दा दायर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा कार्यरत सहायक रजिष्ट्रार गीताकुमारी पन्थीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

काठमाडौँमा रहेको एक निजी विद्यालयको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने बाहनामा सेवाग्राहीसँग पन्थीले एक लाख घुस मागेको अभियोग लागेको छ ।

आयोगको टोलीले सहाक रजिष्ट्रार पन्थीलाई घुस लिँदालिँदै पक्राउ गरेको थियो । आयोगले बिगोबमोजिम जरिवाना र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति: Feb 6, 2019

प्रतिक्रिया दिनुहोस्