Logo
१२ श्रावण २०८१, शनिबार
(February 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चालु आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंक शाखा

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा बैंकको शाखा पुग्ने दावी गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले चालु आर्थिक वर्षभित्रमा सबै स्थानीय तहमा बैंकको शाखा पुग्ने दावी गरेका हुन् ।

मन्त्री खतिवडाले देशका ७ सय ५३ स्थानीय तहमध्ये ७०३ वटामा बैंकका शाखा स्थापना भइसकेको जानकारी दिँदै ५० वटामा बाँकी रहेको बताए । बाँकीमध्ये ३० वटामा चैत मशान्तसम्म र अरु बाँकी चालु आर्थिक वर्षको अन्त्यसम्म स्थापना हुने उनले जानकारी दिए । सबै स्थानीय तहमा बैंक स्थापनाका लागि आवश्यक पूर्वाधार नभएकाले बैंक पुग्न नसकेको मन्त्री खतिवडाले बताए ।

बैंकका लागि सुरक्षित भवन र सडकको सुविधा र सुरक्षा आवश्यक पर्ने बताए । कतिपय स्थानीय तहमा वर्षायाममा सडकको पहुँच नभएको र हाल निर्माणको क्रममा रहेकाले चालु आर्थिक वर्षको अन्त्यसम्म बैंकहरु स्थानीय तहमा पुगिसक्नेमा आफू विश्वस्त रहेको दावी गरे ।

प्रकाशित मिति: Feb 6, 2019

प्रतिक्रिया दिनुहोस्