Logo
१२ श्रावण २०८१, शनिबार
(February 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिके राउतका ९ कार्यकर्ता पक्राउ, लाग्यो ‘राज्यद्रोह’को मुद्दा

बाँके :  प्रहरीले जानकी गाउँपालिका-२ बाट सिके राउतका ९ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

बर्दियामा उपेन्द्र यादवलाई कालोझण्डा देखाउँदा पक्राउ परेर पछि मृत्यु भएका राम मनोहर यादवको सोमबार दाहसंस्कार गर्ने क्रममा विखण्डनकारी नाराबाजी गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा सिराहाका बिसुनदेव ठाकुर, महोत्तरीका सन्तोष मण्डल, संजय यादव, सुनसरीका श्रीराम चौधरी, सप्तरीका सत्य नारायण शाह, सिराहाका सुदिप कुशवाहा, बाराका बिनोद यादव, रौतहटका बिरेन्द्र शाह र पर्साका सञ्जय कुमार शाह रहेका छन् । पक्राउ परेका सिके राउतका कार्यकर्तामाथि राज्यद्रोह मुद्धामा म्याद लिएर अुनसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेश बहादुर सिंहले जानकारी दिए ।

प्रकाशित मिति: Feb 6, 2019

प्रतिक्रिया दिनुहोस्