Logo
६ जेष्ठ २०८१, आईतबार
(February 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य सेवा विस्तार गर्न अर्थ मन्त्रालयको बेवास्ता, राज्यमन्त्री यादवले गरे अर्थमन्त्रीसँग गुनासो

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले गाउँगाउँमा स्वास्थ्य सेवा विस्तार गर्न अर्थ मन्त्रालयले सहयोग नगरेको गुनासो गरेका छन् । राज्यमन्त्री यादवले सबै पालिकाको वडा तहसम्म स्वास्थ्य सेवा विस्तारका लागि आवश्यक बजेटको व्यवस्था गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले सहयोग नगरेको गुनासो गरेका हुन् ।

मंगलबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा राज्यमन्त्री यादवले संविधानले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरे पनि त्यसलाई कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयले आवश्यक बजेट नदिएको बताए । बैठकमा समितिका सदस्यहरूले स्वास्थ्य सेवामा जनताको सहज पहुँच पुर्‍याउन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

त्यसको जवाफ दिने क्रममा राज्यमन्त्री यादवले अर्थमन्त्री खतिवडालाई सो काममा सहयोग गर्न सचेत गराउन पनि समितिलाई आग्रह गरेका थिए । राज्यमन्त्री यादवले सरकारले दिने एम्बुलेन्स समेत अर्थ मन्त्रालयले थाहै नदिई स्विकृती दिने गरेको भन्दै आपत्ति पनि जनाएका थिए । उनले सोही कारण एम्बुलेन्स लगायतका सेवा संचालनमा पनि कठिनाई भइरहेको पनि समितिलाई जानकारी गराए । त्य

प्रकाशित मिति: Feb 5, 2019

प्रतिक्रिया दिनुहोस्