Logo
६ जेष्ठ २०८१, आईतबार
(February 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाहा पाइराख्नुहोस् : यस्तो लक्षण देखिएमा हुन सक्छ ब्रेन ट्यूमर

काठमाडौँ : क्यान्सर एक खतरनाक बिरामी हो । समयमै रोग पत्ता लागेन र उपचार गरिएन भने क्यान्सरले मानिसलाई मृत्युको मुखमा पुगाउँछ ।

आधुनिक जीवनमा क्यान्सरका बिरामीहरु दिनप्रतिदिन बढीरहेका छन् । बालकदेखि बृद्धसम्मलाई क्यान्सरले प्रताडित पार्न सक्छ । सुरुवातमा क्यान्सरको लक्षण थाहा पाउन नै मुस्किल हुने गर्छ । तर यहाँ केही यस्ता लक्षणहरु उल्लेख गरिएका छन् जसबाट तपाईलाई आफूमा ब्रेन ट्यूमर छ या छैन यदि छैन भने हुने सम्भावना पनि छ कि छैन भनेर थाहा पाउन सक्नुहुन्छ ।

कसरी हुन्छ ब्रेन ट्यूमर ?
ब्रेन ट्यूमर भएपछि मानिसको दिमागमा कोशिकाहरु चाहिनेभन्दा धेरै बढ्ने गर्दछन् र फैलने गर्छन् । ब्रेन ट्यूमर दुई प्रकारको हुन्छ ।

प्राइमरी ब्रेन ट्युमर – यो क्यान्सर दिमागको जुन ठाउँमा सुरु हुन्छ त्यही फैलने गर्छ ।

सेकेन्डरी ब्रेन ट्युमर – यो क्यान्सर प्राय धेरैमा देखिन्छ । यसको सुरुवात शरीरको कुनै एक भागबाट हुन्छ र बिस्तारै शरीरका अन्य अंगहरुमा फैलन्छ । धेरैजसो यो क्यान्सर दिमागमा फैलन्छ ।

धेरै पटक मानिसको शरीरमा क्यान्सरका लक्षण देखिने गरेपनि बेवास्ता गरेका कारण समस्या ठूलो बन्ने गरेको चिकित्सकहरु बताउँछन् ।

मानिसहरुले यस्ता लक्षणहरुलाई ध्यान नदिने गरेका कारण समयमै रोगको शिकार भइसकेको बारे थाहा पाउदैनन् र समयमै उपचार हुन पनि सक्दैन ।

ब्रेन ट्यूमरका लक्षण के हुन् ?
बिना कुनै कारण लगातार टाउको दुःखीरहेको छ भने यो ब्रेन ट्यूमरको लक्षण हुन सक्छ । ब्रेन ट्यूमर भएमा बिहान अत्यधिक टाउको दुःखाई हुन्छ भने दिन ढलेसँगै दुःखाई कम भएर जान्छ ।

ब्रेन ट्यूमर तीव्र गतीमा फैलिन्छ र बिस्तारै यदि तपाईको शरीरमा छटपटाहट पैदा हुन्छ भने यो पनि ब्रेन ट्यूमरको लक्षण हुन सक्छ । यदि तपाईको पनि टाउको दुख्नुका साथै छटपटाहट महसुस हुन्छ भने तुरुन्तै डाक्टरलाई देखाउनुहोस् ।
यस्तै अचानक उठ्ने बित्तिकै आँखामा अध्यारो छाउँछ र साथमा चक्कर पनि आउँछ भने यो पनि ब्रेन ट्यूमरको लक्षण हुन सक्छ ।

चक्कर या बान्ता आउने जस्तो लगातार भइरहन्छ भने पनि यो ब्रेन ट्यूमरको लक्षण हुन सक्छ । प्राय यस्तो लक्षण ब्रेन ट्यूमर भएको केही समयपछि देखिन्छ तर कतिपय अवस्थामा भने सुरुमै देखिन्छ ।

जब दिमागको स्मरण शक्ति कमजोर बन्दै जान्छ र व्यक्तित्वमा परिवर्तन आउन थाल्छ भने पनि यो ब्रेन ट्यूमरको लक्षण हुन सक्छ । यसबेला डिमेन्शिया हुने खतरा पनि कायम रहन्छ ।

प्रकाशित मिति: Feb 4, 2019

प्रतिक्रिया दिनुहोस्